नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् ।
शनिबार अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीकाे अध्यक्षतामा बसेकाे संसदीय दलकाे बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।
कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रावल पार्टीका पाेलिट ब्युराे सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्ज हुन् ।
बैठकले दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन भएकी छन् । थापा केन्द्रीय सदस्य तथा कैलाली सहइन्चार्ज हुन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना प्रदेशसभा सदस्य छन् ।