बाजुरा ः बुढीनन्दा नगरपालिकामा आगजनी भएको छ । बिहीबार राति नगरपालिकाको मुलढोका र अगाडी राखिएको जेनेटरमा आग्जनी भएको छ भने नगरपालिकाको नयाँ भवन अगाडी राखिएको जिआईजेट सस्थाको गाडी तोडफोग भएको छ । गाडीको अगाडीको सिसा तोडफोड गरेको छ ।
राति कस्ले आग्जनी गर्यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले बताए । राति कसले आगो लगायो बिहान थाहा पाए पछि अनुसन्धान सुरु गरिएको थापाले बताए ।
नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाका राम्रा काम प्रतिको प्रतिशोध साधेर नगरपालिकामा आग्जनी तोडफोड सुरु भएको बताए । केही महिना पहिला नगरपालिकाको प्राबिधिक फाटबाट ल्यापटव लगाएतका समान चोरी भएका थिए ।
हिजो प्राबिधिक तर्फका कर्मचारी परिक्षा थियो । परिक्षा फेयर प्रतिस्प्रधाका आधारमा गरिएको थियो । हिजो नाम प्रतिस्प्रधामा आएर पास नभएका ब्यक्तिहरुबाट पनि यो भएको हुनसक्ने बोहोराले बताए ।
हामीले पनि अनुसन्धान गरि रहेका छौ । यो बिषयमा कार्यपालिकाको बैठक बसाएर गहनरुपमा छलफल गरेर यो घटनाका संलग्ना जो कोही होस कानूनी कार्बाही गरिने बताए ।