शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश
  • मुख्यमन्त्रीको भागवण्डा : एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो

मुख्यमन्त्रीको भागवण्डा : एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो

  • बुधबार, पुस १३, २०७९
मुख्यमन्त्रीको भागवण्डा : एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो

काठमाडौं– सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका‍ छन् ।

एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिमकाे मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए ।

मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार