• होमपेज
  • समाज
  • बाजुरा प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछी पिडीतहरु मिडियामा

बाजुरा प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछी पिडीतहरु मिडियामा

  • मङ्लबार, पुस १२, २०७९
बाजुरा प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछी पिडीतहरु मिडियामा

बाजुरा — जिल्ला प्रहरी कार्यालय बाजुराले मुद्धा दर्ता गर्न नमानेपछी पिडीतहरु मिडियालाई गुहार गरेका छन ।  मुगु जिल्ला खत्याड गाउँपालिका ८ कि २५ बर्षिया रमना गिरीको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिदा पनि प्रहरीले दर्ता गर्न नमानेको रमन गिरीका दाजु ईस्वरराज गिरीले बताए । सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै पिडीतहरुले प्रहरीले मुद्धा तर्दा नगरेको बताएका छन ।
माईती पक्षले शव दाहसस्कारका लागि मसानघाटमा लगिएको बेला फेर्ता ल्याईएको थियो । पोष्टमार्टम गर्नुभन्दा पहिला पिडीती पक्षसंग कुनै सल्लाह नै नगराएर पोष्टमार्टम गराएको र सो मुचुल्का समेत आफुहरुलाई कुनै जानकारी नगराएको माईतिपक्षको भनाई रहेको छ ।
माईतिपक्षका अनुसार सो घटनामा संलग्न एक जना प्रहरीको हात रहेको बताएका छन । माईती पक्ष भनेर हर्कजंग खत्री भनिने प्रहरीले सो घटनालाई लुकाउन लगाएको पिडीतहरुको आरोप रहेको छ । हर्क बहादुर खत्री भनिने नेपाल प्रहरीका हवल्दार पदमा कार्यरत रहेकाले उनकै कारण सो घटनालाई फितलो बनाउन खोजेको पिडीतहरुले पत्रकार सम्मेलन मार्फत बताएका छन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो घटना जिल्ला प्रहरी मुगुले हेर्नुपर्ने भएकोले हामीले मुद्धा दर्ता नगरेको जनाएको छ । सो सव बाजुरा जिल्लामा फेला परे पनि हाम्रो कार्यक्षत्रमा नभएको जिल्ला प्रहरी कार्यालय बाजुराको भनाई रहेको छ
कार्तिक २१ गते हराएकी भनिएकी गिरीको शव पौष ७ गते बाजुराको स्वामिकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकाको जुड्डी नजिकै कणर्ाली नदिमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सुर्य थापाले बताएका छन । आईतबार जिल्ला अस्पताल बाजुरामा पोस्टमार्टम गरी बाउली खोलामा दाहसस्कारका लागि लगिएको लासलाई माईतीपक्षले पुन जिल्ला अस्पतालमै ल्याएको थिए ।
शवलाई पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि त्यहाँ डाक्टर नहुदा जिल्ला अस्पतालमा ल्याईएको प्रहरी प्रमुख थापाले बताए ।
उनको माईती घर बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली रहेको छ । आफन्तका अनुसार हत्या गरिएको हुन सक्ने भन्दै माईति पक्षले दाहसंस्कार गर्न नदिएको भए पनि पुन केही सहमती पश्चात दाहसंस्कार गरीएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार