• होमपेज
  • कला /साहित्य
  • निर्दोश जनताहरू ले सधैभरी जेल पायो

निर्दोश जनताहरू ले सधैभरी जेल पायो

  • मङ्लबार, पुस १२, २०७९
निर्दोश जनताहरू ले सधैभरी जेल पायो

जनताले न जहाज पायो न त रेल पायो,
शुपथ मुल्यमा पेट्रोल न खाने तेल पायो।

टाडा टाडा बाट काम छाडी मतदान गर्दा,
सरकारमा बस्ने नेताहरु सधै वेमेल पायो।

भ्रष्टचारी देशकै दुश्मन सरकारमा बस्छन,
निर्दोश जनताहरू ले सधैभरी जेल पायो।

छिमेकी खुसी हुन्छ सन्तानहरू हुँदा दुखी,
किन नहौस् त जस्ले सधैभरी रखेल पायो।

घोषणा पत्र खोली हेरौं त सबैको नागरिक,
ढोंगीले कुर्ची र जनताले फूल अप्रेल पायो।

चर्चामा

सम्बन्धित समाचार