• होमपेज
  • समाचार
  • आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि बने गृहमन्त्री

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि बने गृहमन्त्री

  • सोमवार, पुस ११, २०७९
आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि बने गृहमन्त्री

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार