• होमपेज
  • समाज
  • बझाङको मष्टामा ५ करोड लागतमा २ वटा पार्क निर्माण हुँदै

बझाङको मष्टामा ५ करोड लागतमा २ वटा पार्क निर्माण हुँदै

  • आइतवार, पुस १०, २०७९
बझाङको मष्टामा ५ करोड लागतमा २ वटा पार्क निर्माण हुँदै

अर्थ जङ्ग शाही/ बझाङ — बझाङको मष्टा गाउँपालिका– ७ दयमा ५ करोडको लगानीमा दुईवटा पार्कको निर्माण कार्य सुरु गरिएको छ। मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृर्ति पार्क र कलस पार्क निर्माणको काम अगाडि बढाएको छ ।

No description available.

पार्कमा अहिले १० वटा ढुंङ्गाले बनेका गौमुखे धारा, ऋषिपञ्च जस्ता ४ वटा धारा र १ सय ५ वटा कलस सहितको पार्क निर्माण हुन लागेको हो । पर्यटन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त ३ करोड ५० लाख र गाउँपालिकाबाट १ करोड ५० लाख गरी ५ कराेड बजेटमा अहिले निर्माण कार्य सुरु गरिएको मालिका पर्यटन क्षेत्र विकास समितीका सचिव इश्वर दवालले जानकारी दिनुभयो ।

पाँच वर्ष भित्र दुबै पार्कको निर्माण कार्य पूरा गर्ने गरी काम अघि बढाइएको छ । दुबै पार्क निर्माणको ठेक्का जागृर्ति निमार्ण सेवाले पाएको छ । सचिव दवालका अनुसार दुई चरणमा सम्पन्न गरिने योजना सहित पार्क क्षेत्रभित्र पोखरी फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल, ब्याडमिन्टन मैदान, लगायतका भौतिक संरचना निर्माण गरिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार