आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीमा जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने सपनामा लाग्यो ‘ब्रेक’

कर्णालीमा जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने सपनामा लाग्यो ‘ब्रेक’

एमालेका यामलाल र माओवादीका राजकुमार शर्मा सम्भावित मुख्यमन्त्री

  • आइतवार, पुस १०, २०७९
कर्णालीमा जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने सपनामा लाग्यो ‘ब्रेक’

केन्द्रमा नेकपा एमाले सहितको सहयोगमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमतिसँगै कर्णालीमा मुख्यमन्त्री को बन्ने ? भन्ने विषयको चर्चा हुन् थालेको छ । नेकपा र एमाले विभाजनको केन्द्रबिन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित व्यक्ति हुन् ।

केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन गरिएको छ । प्रदेशमा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ ।

यदि एमाले–माओवादीबीच समीकरण बनेको खण्डमा कांग्रेसका जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने सपनामा ‘ब्रेक’ लाग्ने करिब निश्चित जस्तै देखिएको छ । तर माओवादीले अन्य प्रदेश छाडेर कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बन्ने सम्भावना पनि अर्को थरी हुनसक्छ । किनकि अन्य प्रदेश भन्दा कर्णालीमा माओवादीको सिट सङ्ख्या धेरै छ ।

माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मा सम्भावित मुख्यमन्त्रीका दाबेदार हुन् भने विन्दमान विष्टको चर्चा कायमै छ । ​कांग्रेससँग १४ सिट छ यदि स्वतन्त्रको १, राप्रपाको १ र एकीकृत समाजवादीको एक सिट साथमा लिए पनि कांग्रेसको बहुमत पुग्दैन ।

चर्चामा

सम्बन्धित समाचार