आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • प्रदेश सांसद शाहीको गाउँमा काँग्रेस र एमालेका फरक फरक भुवा पर्व

प्रदेश सांसद शाहीको गाउँमा काँग्रेस र एमालेका फरक फरक भुवा पर्व

२३ बर्ष देखी राजनितिक द्धन्दमा गाँउ

  • आइतवार, पुस १०, २०७९
प्रदेश सांसद शाहीको गाउँमा काँग्रेस र एमालेका फरक फरक भुवा पर्व
फाइल फाेटाे

बाजुरा–बाजुरा प्रदेश ख का काँग्रेस बाट निर्वाचित प्रदेश सांसद पदम बहादुर शाहीको गाउँमा काँग्रेस र एमाले फरक फरक भुवा पर्व मनाइरहेका छन् । शाहीको गाउँ खप्तड छेडदह गाँउपालिका २ माटेसाँगुमा एउटै गाँउमा पार्टी अनुसार फरक फरक भुव पर्व मनाएका छन् । गाँउमा दाईभाइ बिचमा भाइचारा कायम गर्नका लागि मनाउने परम्परागत मान्यता छ, तर माटेशागु गाउँमा भने एउटै भाई फरक फरक भुव मनाइरहेका छन् ।
भुवा पर्व उद्धघाटनको दिन पौष ८ गते काँग्रेस एमाले बिच झड्प समेत भएको स्थानिय दिर्घ बहादुर शाहीले वताएका छन् । एउटै बाबुका छोरा भएपनि भुव पर्व मनाउन भने आ आफनै पार्टीको मनाउने ठाउँमा मनाइरहेका छन् । पार्टीका कारणले भुवा पर्व जस्तै दशै, पुजापाँठमा अलग अलग सहभागि हुने गरेका छन् । १० बर्ष सम्म त पानि समेत बारबार थियो, जन्ति मलामी समेत अलगै जाने गरेका थियौ, अहिले त्यो केही कम भएको छ, तर चाडपर्व र सामाजिक काम भने अलगै मनाउने गरेको धन शाहिले वताएका छन् ।
२३ बर्ष पहिले गाउँमा नेपालि काँगे्रस र एमाले बिच बिवाद भएपछि उनिहरु गाउँमा मनाउने चाडपर्व देखी सामाजिक काममा समेत अलगै सहभागि हुने गरेका छन् । शुक्रवार बाट सञ्चालन भएको भुव पर्व एक साता सम्म मनाउने गरको छन् । गाउँमा कसैले एक बर्ष भित्र बिहे, कसैको छोरा जन्मीएमा र नयाँ घरमा लगाएको भएमा घरमै पुगेर भुव खेल्ने गरेका छन् । अहिले गाउँमा जुन जुन पाटिको छन्, त्यहि अनुसार घरमा गएर खेल्न गरेको स्थानियले वताएका छन् ।
माटेशागु गाउँमा १ सय २३ परीवार बसोवास गर्ने गरेका छन् । ठकुरी बुढा, कटुवाल, सुनार, सार्की र नेपालि जातिको बसोवास रहेको छ । त्यसैमा पनि ठकुरी जातिको बाहुुल्यता रहेको छ । पहिला सबै काँगे्रस थिए । केही परिवार एमाले भएपछि गाँउमा निकै द्धन्द चर्केर सबै कुरा अलग अलगै गर्न शुरु भएको गणेश शाहीले वताए । गाउँमा मनाउने मुख्य पर्व भुव, दशै र अन्य पुजापाठ अलग अलगै मनाइरहेका छन् । कागे्रस समर्थक रजवार गोकुल शाहि छन्, भने नेकपा समर्थक लाल बहादुर शाहि रहेको निर्वतमान वडाअध्यक्ष मिन बहादुर शाहिले वताएका छन् । काँगे्रसले अलगै नेकपा अलगै भुवा चाडपर्व र दशै मनाउछन् । पार्टीका कारणले भाइ भाइ समेत अलग अलग सहभागि हुने गरेको स्थानियले वताए ।
सामाजिक काममा ल्याएका भाडाकुडामा समेत काँगे्रस र एमाले भनेर नाम लेखीएका छन् । तत्कालिन समयमा नेपालि काँगे्रसको तर्फ बाट अहिलेका प्रदेश सांसद पदम बहादुर शाहि र एमाले बाट डबल बहादुर शाहिले नेतृत्व गरेका थिए । दुबै जिल्ला स्तरका नेता हुन् । त्यो बेला दुबै पक्ष मिल्नुको साटो झन द्धन्दतिर गएको स्थानिय अगुवा बताउछन् । गाउँमा पार्टीका कारणले चर्को विवाद भएपछि विकास निर्माणका काममा समेत अलग अलगै निर्माण भए र विकासमा समेत निकै बाधा भएको स्थानियले बताएका छन् । गाउँको बिवाद मिलाउनका लागि पटक पटक प्रयास भएपनि अहिले सम्म मिल्न सकेको छैन् । एमाले समर्थक नेता गणेश शाहि काँगे्रसका कारणले गाउँमा द्धन्द भएको आरोप लगाउछन् भने कागे्रस समर्थक मिन बहादुर शाहि भने एमालेको कारण भएको आरोप लगाइरहेका छन् । धेरै पटक गाउँमा झगडा समेत भइरहने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार