आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • करार कर्मचारी हटाएपछि एकसाता देखी बडीमालिकाका ५ स्वास्थ्य केन्द्र बन्द

करार कर्मचारी हटाएपछि एकसाता देखी बडीमालिकाका ५ स्वास्थ्य केन्द्र बन्द

  • बिहिबार, पुस ७, २०७९
करार कर्मचारी हटाएपछि एकसाता देखी बडीमालिकाका ५ स्वास्थ्य केन्द्र बन्द

बाजुरा–बडिमालिका नगरपालिकाले करार कर्मचारी हटाएपछि ५ वटा शहरी स्वास्थ्य केन्द्र पौष १ गते बाट बन्द रहेका छन् । स्वास्थ्य केन्द्र बन्द हुदा उपचारमा आउने बिरामी समस्यामा परेका छन् ।
नगरपालिकामा रहेका ७ वटा शहरि स्वास्थ्य केन्द्र मध्ये ५ वटा बन्द भएका हुन् । वडा नम्बर १ मा रहेको पिनालेख शहरी स्वास्थ्य केन्द्र, पाटा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ मा रहेको मना शहरी स्वास्थ्य केन्द्र, ६ नम्बरमा रहेको कोर्ध शहरी स्वास्थ्य केन्द्र र ९ नम्बर वडामा रहेको मेलकाध शहरी स्वास्थ्य केन्द्र बन्द रहेको बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले वताएका छन् ।
बडिमालिका नगरपालिकाले नगरपालिकामा रहेका करार कर्मचारीको पौष १ गते बाट म्याद नथप्ने निर्णय गरेको थियो । करारमा रहेका अहेब ४ जना, अनमि ८ जना, ल्याब असिस्टेन्ट २ जना, कार्यलय सहयोगि १० गरि २४ जना स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीको म्याद थप नभएपछि स्वास्थ्य केन्द्र बन्द रहेका छन् ।
स्वास्थ्य संस्था बन्द हुदा उपचारमा पुगेका बिरामी फिर्ता हुने गरेका छन् । बडिमालिका नगरपालिका १ बस्ने कटे कार्की उपचारका लागि पिनालेख शहरी स्वास्थ्य केन्द्रमा पुगिन् । स्वास्थ्य केन्द्र बन्द हुदा उनि उपचार नगरेर घर फिर्ता भएको कटेले वताए ।
बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रङ्गमल बिकका अनुसार करार कर्मचारीका लागि नयाँ बिज्ञापन गरिसकेको चाडै स्वास्थ्यकर्मी पठाउने तयारी रहेको वताएका छन् । कार्यपालिकाको निर्णय अनुसार करार कर्मचारीको म्याद नथपेको बिकले वताए । आवश्यकता भन्दा बढी कर्मचारी रहेको नगरपालिकामा बजेट अभाब रहेकाले केहीलाइ हटाउनु भन्दा सबैलाई हटाएर आबश्यकता अनुसार करारको बिज्ञापन गरिने भएको नगरपालिकाले जनाएको छ ।
दोस्रो पटक स्थानिय तहको निर्वाचन पछि बाजुराका स्थानिय तहले करार कर्मचारी हटाउने काम भएका छन् । शुरुमा स्वामीकार्तिक खापर गाउँपालिकाले हटाएको थियो । बुढिनन्दा र बुढिगंगा नगरपालिकाले पनि करार कर्मचारी हटाउन शुरु गरेको हो । करार कर्मचारी हटाउने पालिकामा २०७४ मा अर्को पार्टिले जितेका थिए ।

चर्चामा

सम्बन्धित समाचार