शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाले करार कर्मचारी म्याद नथप्ने

बुढिगंगा नगरपालिकाले करार कर्मचारी म्याद नथप्ने

  • बुधबार, पुस ६, २०७९
बुढिगंगा नगरपालिकाले करार कर्मचारी म्याद नथप्ने

बाजुरा–बुढिगंगा नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने भएको छ । नरपालिकामा कार्यपालिकाको बैठकले करारमा रहेका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो ।
नगरपालिकाले पुष ४ गते मात्र ९ जना कर्मचारीको म्याद नथप्ने पत्रचार गरेको थियो । मनोसामाजिक संयोजक र सहजकर्ता, ल्याब असिटेन्ट खडक बहादुर बिष्ट, अनमि अनिता कुमारी थापा, प्रास हरि रावल र प्रास तपेन्द्र बिक्रम शाहको म्याद थप नगर्ने निर्णय गरेको हो । कार्यपालिकाको मंसिर २७ गतेको निर्णय अनुसार कर्मचारीको म्याद थप नभएको नगरपालिकाले जनाएको छ ।
स्थानिय तहको चुनाव पछि बाजुरामा करार कर्मचारीको म्याद नथप्ने काम भइरहेको छ । शुरुमा स्वामीकार्तिक खापर गाउँपालिका बाट हटाउन शुरु भएको थियो । बुढिनन्दा, बडिमालिका नगरपालिकाले करार कर्मचारी हटाएको थियो । स्वामीकार्तिक खापर गाउँपालिका र बुढिनन्दा नगरपालिकाले नयाँ करार कर्मचारी समेत भर्ना गरिसकेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार