शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • चेतन हत्याप्रकरण :- वडाअध्यक्ष जुद्ध अयडी निलम्बनमा

चेतन हत्याप्रकरण :- वडाअध्यक्ष जुद्ध अयडी निलम्बनमा

  • मङ्लबार, पुस ५, २०७९
चेतन हत्याप्रकरण :- वडाअध्यक्ष जुद्ध अयडी निलम्बनमा

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् । त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ ।
वडा अध्यक्ष अयडी थुन चेक आदेश मार्फत कारागार पठाएपछि उनी वडा अध्यक्ष बाट स्वत: निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु प्रसाद वाग्लेले बडिमालिका खबरलाइ बताएका छन् ।
जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले भने वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको वताए । भोली सफाइ तथा उनको घटनामा कुनै संलग्नता नरहेको पाइएमा स्वतह निलम्बन फुकुवा हुने पाण्डेले वताए ।
मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत वडा अध्यक्ष सहित ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।
२४ जना मध्ये १० जना मात्र प्रक्राउ गरेको थियो । एकजना मुटुको उपचारमा रहेकोले प्रहरीले ९ जनालाइ मात्र जिल्ला अदालत पेश गरेको थियो । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाइ ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारि गरेको छ ।
वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा २ महिना पहिला जिल्ला अदालत बाजुरा बाट १ लाख धरौटिमा छुटेका थिए । वडाअध्यक्ष सहित अन्य ३ जना १ लाख धरौटिमा छुटेका थिए । त्रिबेणि नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलित माथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तिन जना विरुद्ध मुद्दा दर्ता भएको थियो । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट भएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो । ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो ।
४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार