• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बझाङको साइपाल गाउँपालिकामा तीन दिने शिविर सञ्चालन हुने

बझाङको साइपाल गाउँपालिकामा तीन दिने शिविर सञ्चालन हुने

  • सोमवार, पुस ४, २०७९
बझाङको साइपाल गाउँपालिकामा तीन दिने शिविर सञ्चालन हुने

अर्थ जङ्ग शाही ,बझाङ  – बझाङको साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बडिमालिका खबरलाई बताइन् ।

महिलाहरुमा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगको समस्या रहेका कारण पालिकाको केन्द्र वडा नं. ३ को काँडामा तीन शिविरको आयोजना गरिएको हो । गाउँपालिकामा रहेका महिलाहरुको स्वास्थ्य समस्याका आधारमा उनीहरुको समस्या समाधानका लागि राष्ट्रपतिलाई आग्रह गरी साइपालमा तीनदिने शिविर सञ्चालन हुने भएको छ ।

शिविरमा आङ खस्ने समस्या, पाठेघरको समस्या, दाँतका बिरामीका लागि र अन्य भिडियो एक्स–रे सेवा, बालबालिकाको रोगको समस्या र होलबडी चेकजाँचलगायत सेवा दिइने भएको हो । शिविर सञ्चालनका लागि साइपाल गाउँपालिका र नेपालगञ्ज मेडिकल कलेको सहकार्य तथा जिएमसी हस्पिटल पोखरा, युसिएमसी हस्पिटल भैरहवाको प्राविधिक सहयोग रहेको उपाध्यक्ष तामाङले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार