आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

सुदूरपश्चिममा प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

  • शनिबार, पुस २, २०७९
सुदूरपश्चिममा प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

धनगढी – मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले आज बुझाउँदैछ। आयोगले निर्वाचन प्रतिवेदन प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो।

सुदूरपश्चिममा दिउँसो १ बजे निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी धनगढी पुगिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। सुदूरपश्चिममा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने छन्। आयोगले अन्तिम परिणम बुझाएपछि नयाँ सरकार गठनको ढोका खुल्ने छ।

यसअघि नै आयोगले प्रतिनिधिसभातर्फको निर्वाचन परिणम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो।

चर्चामा

सम्बन्धित समाचार