सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदह गाउँपालिकाले सार्वजनिक ठाउँमा महिला मैत्री सौचालय बनाउने

खप्तड छेडेदह गाउँपालिकाले सार्वजनिक ठाउँमा महिला मैत्री सौचालय बनाउने

  • शुक्रबार, पुस १, २०७९
खप्तड छेडेदह गाउँपालिकाले सार्वजनिक ठाउँमा महिला मैत्री सौचालय बनाउने

बाजुरा — जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले पालिकाका सार्बजनिक स्थलहरुमा महिला मैत्रि सौचालय बनाउने भएको छ । महिनावारी भएका किशोरी तथा महिलाहरुको लागि पालीकाले शौचालय संगै मर्यादित महिनावारी निती बनाएर सो कार्यलाई अगाडी बढाउने उदेस्य सहति पालिकाले सो कार्यको आगामी बर्षबाट सुरुवात गर्ने जनाएका छन ।
गुड नेभर्स इन्टरनेश्नलले संचालन गरेको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी देखीन थाले पछी गाउँपालिकाले सोही कुरालाई आत्मसाथ गर्दै लैजाने गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन बाजुरा, किर्डाकको प्राविधिक सहयोगमा संचालित स्वास्थ्य अधिकार सुधार परियोजनाले केही बिध्यालय र किशोरी संग मर्यादित महिनावारी संग काम गरेकोले यसलाई पालिकाले आत्मसाथ गर्दै निती बनाएर बिभिन्न कार्यहरु अगाडी बढाउने पालिका अध्यक्ष रावतले बताए ।
बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बनेको पाईएको छ । बाजुराका ३ नगरपालिका सहित २ गाउँपालिका गरी पाँच पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्ने उद्देश्यले लागु भएको थियो ।
तिन वर्षमा परियोजनाले महिनावारी सम्बन्धी समाजमा भेदभाव न्यूनीकरण गरी समुदायको चेतनामा अभिवृद्धि गर्नुका साथै महिनावारी किशोरीहरुको व्यवहारमा समेत परिर्वतन भएको परियोजनाले पालिकाहरुमा आयोजना गरेको कार्यशाला गोष्ठीमा जनप्रतिनिधीहरुले सो कार्यको थालनी गर्ने बताएका छन ।
परियोजनाले विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी किशोरीहरुको सुविधाका लागि विद्यालयमै प्रविधिमैत्री शौचालय निर्माण गरेपछि महिनावारी भएको बेला समेत किशोरीहरुलाई नियमित विद्यालयमा जान सहज भएका कारण यस सम्बन्धी निती बनाएर अगी बढ्ने खप्तड छेडेदह गाउँपालिका उपाअध्यक्ष बिसुदेवी नाथले बताइन ।
परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा अध्ययनरत महिनावारी किशोरीहरुको व्यवस्थापन र महिलाहरुको स्वास्थ्यका क्षेत्रमा ठुलो सहयोग गरेको छ ।
कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजना बाजुराको खप्तड क्षेडेदह, गौमुल, बडीमालिका, त्रिवेणी र बुढीगंगा नगरपालिकामा प्रभावकारी बनेको पालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।
परियोजना लागु भएका ५ वटै पालिकामा परियोजनाले ३ वर्षमा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरूको स्वास्थ्य अधिकारमा अभिवृद्धि गर्नुका साथै विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापनमा सुधार गरेको स्वास्थ्य अधिकार सुधार परियोजनाका जिल्ला संयोजक देवेन्द्र शाहले बताएका छन् ।
पाँच वटै पालिकामा ३ वर्षमा परियोजनाले गरेका क्रियाकलापहरुलाई थप प्रभावकारी बनाई आगामी दिनमा पालिकाहरुले नै पहल गरेर अगाडी बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
परियोजनाले विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी किशोरीहरुको सुविधाका लागि विद्यालयमै प्रविधिमैत्री शौचालय निर्माण गरेपछि महिनावारी भएको बेला समेत किशोरीहरुलाई नियमित विद्यालयमा जान सहज भएको गौमुल गाउँपालिकाकी किशोरी रमना रोकायाले बताईन् ।
परियोजनाले बुढिगंगा, त्रिवेणी, बडीमालिका, खप्तड क्षेडेदह र गौमुल गाउँपालिकामा गरेको पालिका स्तरीय मर्यादित महिनावारी दिगोपना कार्यशाला गोष्ठीमा सहभागि भई त्यहाँका जनप्रतिनिधीहरुले मर्यादित महिनावारीको जिम्मेवारीका लागि पालिकाले नै आगामी दिनमा कार्यबिधी नै बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । परियोजना यहि डिसेम्वरबाट सकिदैछ । परियोजना सकिएपनि यस संस्थासंग पुनः सहकार्य गर्दै अगाडि बढ्ने जनप्रतिनिधिहरुको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार