आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेलको बेजोड प्रस्तुति

सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेलको बेजोड प्रस्तुति

  • बिहिबार, मंसिर २९, २०७९
सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेलको बेजोड प्रस्तुति

धनगढी – सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेलको बेजोड प्रस्तुति रहने भएको छ। सुदूरपश्चिम महोत्सवको आज आठौं दिन हो। महोत्सवमा विहीबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ।

विहीबार प्रमोद खरेल र चेतन बोहराको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए। कलाकार संयोजक कुँवरले विहीबार राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने जानकारी दिए।

पुस १ गते चक्र बम र खुमन अधिकारी आउने भएका छन्। मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार