शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यौन स्वास्थ्य
  • नेपालमा जन्मदर ह्वात्तै घट्यो, कलिलो उमेरमा गर्भवती हुनेमा कर्णालीका किशोरी बढी

नेपालमा जन्मदर ह्वात्तै घट्यो, कलिलो उमेरमा गर्भवती हुनेमा कर्णालीका किशोरी बढी

  • बुधबार, मंसिर २८, २०७९
नेपालमा जन्मदर ह्वात्तै घट्यो, कलिलो उमेरमा गर्भवती हुनेमा कर्णालीका किशोरी बढी

चिकित्सकहरुका अनुसार किशोरावस्थामै गर्भ रहेमा जोखिममा पर्ने सम्भावना उच्च रहन्छ । तर जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नेपालमा १५ देखि १९ वर्षको उमेरमा बच्चा जन्माउने दर प्रतिहजारमा ७१ जना रहेको देखाएको छ ।

२० देखि २४ वर्ष सम्मका महिलाको प्रजनन दर प्रतिहजारमा १६० जना छ भने २५ देखि २९ वर्ष उमेर समूहमा प्रतिहजारमा प्रजनन दर ११० रहेको छ । त्यस्तै,३० देखि ३४ वर्ष उमेर समूहका महिलामा प्रजनन दर प्रतिहजारमा ५७ रहेको छ ।

स्वास्थ्य सर्वेक्षण अनुसार ३५ देखि ३९ उमेर समूहका महिलामध्ये प्रतिहजारमा १७ जनाले बच्चा जन्माएका छन् । सबैभन्दा कम ४५ देखि ४९ वर्ष उमेर समूहका महिलाको प्रजनन दर प्रतिहजारमा ५ रहेको सर्वेक्षणले देखाएको छ ।

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार गर्भवतीमध्ये १५ देखि १९ वर्षका सरदर १४ प्रतिशत गर्भवती भएको पाइएको छ । तर यो समूहमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा २१ प्रतिशत रहेको पाइएको छ । यस्तै,मधेस प्रदेशमा २० प्रतिशत,प्रदेश नम्बर एक,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा १५ देखि १९ वर्षसम्मका १३ प्रतिशत गर्भवती भएको पाइएको छ । यस्तै, लुम्बिनी प्रदेशमा १० प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम १५ देखि १९ वर्ष उमेर समूहका ८ प्रतिशत गर्भवती भएको पाइएको छ ।

यसरी २० वर्षभन्दा कम उमेरमा आमाको स्वास्थ्य पूर्ण रुपमा विकसित नहुँदा गर्भ रहने समस्या कम रहन्छ । चिकित्सकहरुका अनुसार यदि यस उमेर समूहमा गर्भ रहेमा ती महिला जोखिममा पर्ने सम्भावना उच्च रहन्छ ।

किशोरावस्थामा गर्भवती र शिक्षाको स्तर

१५ देखि १९ वर्ष उमेर समूहमा गर्भवती भएका किशोरीमध्ये ठूलो सङ्ख्याले औपचारिक शिक्षा प्राप्त नगरेको पाइएको छ । सो समूहमा गर्भवती भएका किशोरीमध्ये ३३ प्रतिशतले औपचारिक शिक्षा प्राप्त नगरेको सर्वेक्षणले देखाएको छ । यस्तै,सोही उमेर समूहका किशोरीले २० प्रतिशत मात्रै आधारभूत तह अध्ययन गरेको पाइएको छ । यस समूहका किशोरीमध्ये माध्यमिक तह र माध्यमिक तह भन्दा माथि ८ प्रतिशतले मात्रै अध्ययन गरेको सर्वेक्षणले देखाएको छ ।

नेपालमा जन्मदर ह्वात्तै घट्यो

नेपालमा गएको २६ वर्षको अवधिमा सन्तान जन्माउने दर स्वाट्टै घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औषतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एक हजार महिलाहरुले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले ९ जना बच्चा जन्माउँथे ।

यस्तै,२००१ मा प्रति महिलाले बच्चा जन्माउने दर २.१ थियो । अर्थात् औषतमा दुइ महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रतिशत थियो भने सन् २०११ जन्मदर घटेर २.६ प्रतिशतमा पुग्यो ।

यस्तै,सन् २०१६ मा जन्मदर २.३ प्रतिशत पुग्दा २०२२ सम्म आइपुग्दा घटेर २.१ प्रतिशतमा झरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।

चर्चामा

सम्बन्धित समाचार