शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराबाट गर्भवती महिलाको हवाई उद्धार

बाजुराबाट गर्भवती महिलाको हवाई उद्धार

  • मङ्लबार, मंसिर २७, २०७९
बाजुराबाट गर्भवती महिलाको हवाई उद्धार
फाइल तस्विर

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकाबाट १ की गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुगेकी स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी पबित्रा कडाराको हवाइ उद्धार गरिएको हो । १८ बर्षिया कडारालाई हेलिकोप्टरबाट सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताए ।
सुत्केरी ब्यथा लागेपछी नजिककै स्वास्थ्य सस्थामा लगिएको भए पनि उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।
तत्काल सुविधा सम्पन्न अस्पताल नपुर्‍याए ज्यानै जान सक्ने स्वास्थ्यकर्मीको सुझावपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार