बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा स्वास्थ्य अधिकार सुधार परियोजनाका याेजनाहरुकाे अनुगमन

बुढीगंगामा स्वास्थ्य अधिकार सुधार परियोजनाका याेजनाहरुकाे अनुगमन

  • मङ्लबार, मंसिर २७, २०७९
बुढीगंगामा स्वास्थ्य अधिकार सुधार परियोजनाका याेजनाहरुकाे अनुगमन

बाजुरा — जिल्लामा संचालित स्वास्थ्य अधिकिार सुधार परियोजनाले गरेका याेजनाहरुकाे अनुगमन गरिएको छ । परियोजनाले बुढीगंगा नगरपालिकाको देवलसैन स्वास्थ्य चौकी र त्रिशक्ति माध्यमिक विद्यालयमा परियाजनाले गरेका कामको अनुगमन गरिएको हो ।
उक्त नगरपालिकाको देवलसैन स्वास्थ्य चौकीमा महिनावारी भएका किशोरीहरुका लागि महिनावारीका आवश्यक सामग्री,टिभी,शिक्षा सामग्री पानी ट्यांकी,हात धुने ठाउँ निर्माण र कोभिड–१९ का सामग्रीहरुको प्र्रयोग तथा व्यवस्थापनका विषयमा अनुगमन गरिएको स्वास्थ्य अधिकार सुधार परियोजना अधिकृत महेशराज जोशीले बताएका छन् । यस्तै त्रिशक्ती माध्यमिक विद्यालयको सुविधा सहितको छात्रामैत्री शौचालयको निर्माणको अवस्था,महिनावारी स्वच्छताका लागि बनाईको कर्नर लगायतकाको अवस्था र व्यवस्थापनको अनुगमन गरिएको परियाेजना स‌याेजक देबेन्द्र शाहले बताए ।
अनुगमनमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्कबहादुर सिंह,गुडनेवर्स इन्टरनेशनलका देवेन्द्र शाह,जिल्ला प्रशासन कार्यालय बाजुराका प्रतिनधी रमेश जगाैडा स्वास्थ्य कार्यालय बाजुराका लालबहादुर खड्का, पत्रकार लगायतको सहभागी थिए ।
परियोजनाले सहयोग गरेको सामग्रीको व्यवस्थापन र निर्माण गरिएका छात्रामैत्री शौचालयको प्रयोगको अनुगमन भएको हो ।

चर्चामा

सम्बन्धित समाचार