शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • छात्रामैत्री शौचालय निर्माण हुँदा छात्राहरुलाइ सहज हुने

छात्रामैत्री शौचालय निर्माण हुँदा छात्राहरुलाइ सहज हुने

  • मङ्लबार, मंसिर २७, २०७९
छात्रामैत्री शौचालय निर्माण हुँदा छात्राहरुलाइ सहज हुने

बाजुरा — जिल्लाको बुढीगंगा नगरपालिका–१० सिंगाडा माध्यमिक विद्यालयमा निर्माण गरिएको छात्रामैत्री शौचालय  एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । कोइका गुडनेवर्स इन्टरनेशनलको आर्थिक सहयोग र पीसविन बाजुराको साझेदारीमा स्वास्थ्य अधिकार सुधार परियोजनाले निर्माण गरेको सुविधायुक्त शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो । छात्रामैत्री  सुविधायुक्त शौचालय निर्माण हुदा छात्राहरुलाइ सहज हुने भएकाे छ ।

छात्रामैत्री शौचालयको अभावमा छात्रालाई समस्या हुँदै आएकाेमा शौचालय निर्माणपछि उनीहरु महिनावारी भएको अवस्थामा पनि नियमित हुन सक्ने उदेस्यले कोईका ,गुडनेवर्स इन्टरनेशनलको आर्थिक सहयोग र पीसविनको प्राविधिक सहयोगमा सुविधायुक्त शौचालय निर्माण गरिएको गुडनेवर्स इन्टरनेशनल परियाेजना संयाेजक देबेन्द्र शाहले बताएका छन् ।
उक्त परियोजनाको निर्माण गरेको शौचालयमा महिनावारी भएका छात्रालाई सहज रुपमा प्याड प्रयोग गर्न पाउने र उनीहरुलाई महिनावारी भएका बेला विद्यालय आउनबाट बञ्चित हुन नदिन परियोजनाले कुल १८ लाख ११ हजार ७२९ रकमको लागतमा शौचालय निर्माण गरिएको हो । शौचालयभित्रै पानी, सेनेटरी प्याड, ऐना, साबुनलगायतको व्यवस्था गरेकाे छ । शौचालयको भित्रपट्टिबाटै रजस्वला भएका बेला छात्राले प्रयोग गरेका प्याड फाल्नका लागि इन्सुलेटर अलग्गैरूपमा निर्माण गरिएको परियाेजना स‌याेजक शाहले बताए ।
परियोजनाले निर्माण गरेको नवनिर्मित शौचालयको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले रिवन काटेर उद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य रामप्रसाद जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमख अतिथी रहेका थिए । छात्रामैत्री शौचालय हस्तान्तरण कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिया,उप प्रमुख माया खड्का(कुँवर),शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंह,नेकपा समाजवादीका सुदूरपश्चिम प्रदेश सदस्य नवराज जोशी,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य प्रेमबहादुर थापा,पीसविन बाजुरा अध्यक्ष विमला थापा विशिष्ट अतिथी रहेका थिए ।
शौचालय हस्तान्तरण कार्यक्रममा गुडनेवर्सका संयोजक देवेन्द्र शाह,परियोजना अधिकृत महेशराज जैशी, वडाका वडासदस्यहरु,पत्रकार लगायत अतिथी रहेका थिए ।
उक्त कार्यक्रममा प्रधानाध्यापक रणबहादुर साउँदले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन विद्यालयका सह शिक्षक हिरेन्द्र कुँवरले गरेका थिए । हस्तान्तरण कार्यक्रममा साँस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार