आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • आमा र बुवाको मृत्युपछि बिचल्ली परेका तिन भाइबहिनीको उद्धार

आमा र बुवाको मृत्युपछि बिचल्ली परेका तिन भाइबहिनीको उद्धार

  • शुक्रबार, मंसिर २३, २०७९
आमा र बुवाको मृत्युपछि बिचल्ली परेका तिन भाइबहिनीको उद्धार

बाजुरा–बाजुराको बडिमालिका नगरपालिका ७ जिल्लीका ३ दलित भाइबहिनीको उद्धार भएको छ । आमा र बुवाको मृत्युपछि अलपत्र परेको समाचार बडिमालिका खबर, दि हिमालयन टाइम्स, नेपाल टेलिभिजनमा प्रकाशित तिन भाइबहिनीको उद्धार भएको हो ।
समाचार प्रकाशित भएपछि काठमाडौमा रहेको अनाथ असाहाय बाल सुधार समाजले तिन भाइबहिनीलाई उद्धार गरेको संस्थाका अध्यक्ष रमेश देब सुनारले वताएका छन् । अंग्रजी पत्रिका दि हिमालयन टाइम्समा अलपत्र परेको खबर प्रकाशित पछि पठनपाठन देखी खान बस्न सम्पुर्ण व्यबस्थापन गर्ने सुनारले वताए ।
बुवाको गत असार र आमाको ६ बर्ष पहिला मृत्यु हुदा चार भाइबहिनी बिच्चलीमा परेको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । अलपत्र पर्नेमा १४ बर्षकि संगिता चदारा, १२ बर्षकि रमिला चदारा, ९ बर्षका विबेक चदारा र ६ बर्षका बिक्रम चदारा रहेका छन् । संगिताका बुवा हरिभाने चदाराको असारमा उपचारको क्रममा भारतको सिम्लामा मृत्यु भएको थियो । आमा लक्षु चदाराको ६ बर्ष पहिला घास काट्ने बेला भिर बाट लडेर मृत्यु भएको संगिताले वताईन् ।
चार भाइबहिनी अलपत्र परेका भएपनि जेठी संगिता चदारा भने घरमै बसेकी छन् । १२ बर्षकी रमिला, ९ बर्षका विबेक र ६ बर्षका बिक्रम चदाराइ संस्थाले पठनपाठन देखी खान बस्नको सम्पुर्ण व्यबस्थापन गर्ने गरि जिम्मा लिएको वडाअध्यक्ष धर्मराज पाध्यायले वताएका छन् ।
हरिभाने चदाराको नेपालमा सञ्चो नभएपछि सबै छोराछोरी लिएर भारतको सिम्ला गएका थिए । बुवाको मृर्गौलामा समस्या भएर काठमाण्डौमा उपचार हुन नसकि भारत गएका थियौ, संगिताले वताईन् । बिरामी हरिभान चार छोराछोरी बोकेर कालापहाड सिम्ला पुगेका थिए । छोरा छोरीले स्याउ टिप्ने काम गर्थे । त्यहि पैसाले बुवाको उपचार गरिहेका थिए । बुवाको पनि उपचारका क्रममा मृत्युपछि चारै भाइबहिनी अलपत्र परेको संगिताले वताईन् ।
चार भाइबहिनीको घर समेत नभएका उनिहरु अरुको घरमा बसिरहेका थिए । रमिता कक्षा ३ र बिवेक चदारा कक्षा २ मा गाउँमा रहेको लक्ष्मि माबिमा पढने गरेका थिए । फागुनमा बुवा हरिभाने चदारा सँगै बिद्यालय छोडेर भारत गएका थिए । बुवालाई सञ्चो हुदा सम्म बिद्यालय जाने गरेका थियौ, बुवा नै बिरामी भएपछि बिद्यालय छोडेर भारत गएको रमिता चदाराले वताईन् । संगिता चदारा भने आमाको मृत्यु पछि घरमा काम गर्नुपर्ने बाध्यता भएपछि बिद्यालय छोडेकी थिइन् ।
बुवाको मृत्यु पछि ४ भाईबहिनी भारतको सिम्लामा अलपत्र अबस्थामा रहेका थिए । गाउँलेको सहयोगमा चन्दा संकलन गरेर अलपत्र चार भाइबहिनी नेपाल ल्याएको आफन्त विर बहादुर बिकले वताए ।
एक्कासि मृगौला सुनिएपछी हरिभान चदारालाइ जिल्ला अस्पताल बाजुरामा पन्ध्र दिन राखियोे रोग पत्ता लागेन । जिल्ला अस्पताल बाजुराले बयालपाटा अस्पतालमा रिफर गर्यो । त्यहाँ पनि केही रोग पत्ता नलाग्दा बयालपाटा अस्पताल हुदै सेती अञ्चल अस्पताल हुदै काठमाडौको शिक्षण अस्पताल पुयाए । त्यहा मृगौला फेलको संकेत गर्यो तर पैसा भएन । नेपालमा उपचार गर्न नसक्दा छोराछोरी सहित भारतको सिम्ला गएका थिए । अलि सञ्चो भएको बेला बुवा पनि स्याउ टिप्ने गरेका थिए, दुई हप्ता देखी निकै थलापरेपछि अस्पताल भर्ना गरयौ, तर बुवालाइ बचाउन नसकेको संगिताले वताईन् उनले भाइबहिनीको पालनपोषण र शिक्षादिक्षामा सहयोग गरिदिन आग्रह गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार