आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टीबाटै उपेक्षित बाजुरा माओवादी

पार्टीबाटै उपेक्षित बाजुरा माओवादी

  • बिहिबार, मंसिर २२, २०७९
पार्टीबाटै उपेक्षित बाजुरा माओवादी
No photo description available.
      राजेन्द्र वि.क

जनयुद्धकालमा एक दर्जन भन्दा बढिको संख्यामा बलिदानी गरेको बाजुरा माओवादी पार्टी सत्तामा गएदेखिनै उपेक्षामा परेको पाइएको छ।

एमाले र कांग्रेसको दबदवा रहेको बाजुरामा करिब ३५सयको हाराहारीमा सक्रिय संगठित सदस्य बनाएको माओवादी केन्द्रलाइ केन्द्र पार्टिले नै बारम्बार उपेक्षामा राखिरहेको कार्यकर्ता हरुको आरोप छ।०६४र०७०मा पार्टीको देशभर सन्तोषजनक मत आएकै कारण बाध्यताले क्रमश :डबल शाह र कर्णबहादुर बिकलाई समानुपातिकमा सांसद बनाए पनि उनिहरुलाइ बिकास निर्माण र कार्यकर्ताले न्याय अनुभूति गर्ने निर्णायक भुमिकामा राखिएन।

२०७४को चुनावमा प्रतिनिधि सभा एक र प्रदेश निर्वाचन क्षेत्र दुई रहेको बाजुरामा बाम गठबन्धन गर्दा समेत कुनै एक क्षेत्र प्रत्येक्ष तथा समानुपातिक माओवादीको भागमा पारिएन।परिणामस्वरूप माओवादी कार्यकर्ताले आफ्नै जनप्रतिनिधि नहुंदा ५बर्षको अबधिमा कुनै प्रकरको राज्य बाट प्राप्त हुने सेवा सुबिधामा बन्चित हुन पर्यो ।प्रदेश सरकार आफ्नै पार्टिको नेतृत्व र संघमा पांचै बर्ष माओवादी सरकारमा हुंदा समेत जनप्रतिनिधि नभएकै कारण कार्यकर्ताले भनेका साना योजनाहरु समेत पास गर्न नसकिएको स्वयम् नेताहरुलेनै बताउने गरेका छन् ।

जनयुद्धमा करिब ८बर्ष भुमिगत जीवन बिताएका बुढिनन्दा नगरपालिका वडा नम्बर-७का माओवादी कार्यकर्ता जयबहादुर बिक (बिज्ञान)भन्नू हुन्छ हामिहरुका सवालहरु सम्बन्धित ठाउँमा पुर्याइदिने जनप्रतिनिधि नभएकै कारण यो पाँच बर्षमा आफ्नो पार्टी सरकारमा भएको कुनै अनुभवनै भएन।कांग्रेस,एमाले मा प्रत्येक्ष नजितिए पनि समानुपातिक सांसद खाली नरहने हुनाले केहि हद सम्म कार्यकर्ताहरूका सवालहरु सम्बोधन हुने गरेका छन् तर माओवादी कार्यकर्ताहरुले जहिल्यै अभिभावकिय भुमिकाका लागि जनप्रतिनिधि नपाउनुका कारण पार्टी प्रती आकर्षण पनि जिल्लामा घट्दो क्रममा रहेको जानकारहरु बताउने गर्दछन्।मंसिर ४गतेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पनि माओवादी केन्द्र बाजुरालाइ केन्द्र पार्टिले मत्लबै नगरेको जिल्ला स्तरका नेताहरूले बताएका छन्।बाम लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा होमिएको माओवादी केन्द्रले बाजुरामा प्रदेश निर्वाचन क्षेत्र एक को प्रत्यक्षमा कर्णबहादुर बिकलाइ टिकट दिएको भए पनि गठनन्धनको आधिकारिक टिकट भएको पुष्टि नगरिदिदा त्यहाँ कांग्रेसको समर्थन समाजवादिलाइ भयो र बिकले हार ब्यहोर्नु पर्यो ।

मंसिर ४को निर्वाचनमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समितिकि कोषाध्यक्ष युवा नेतृ जनयुद्धकि भुमिगत, कुशल सिपाहिका रुपमा काम गरेकि कमल कुमारी शाही(जष्टिना)लाई प्रदेश समानुपातिकको बन्द सुचिमा पारिए पनि सांसद नबनाउन षड्यन्त्र भइरहेको कार्यकर्ता तहमा आवाज सुनिन थालेको छ।पार्टी सुदुरपस्चिमको पदाधिकारी र प्रत्यक्षमा खाली रहेका जिल्ला बाट प्रदेश सभामा प्रतिनिधित्व गराउनै पर्ने भएपनी विभिन्न गुट र स्वार्थ समुहका कारण कमल कुमारी शाहलाई प्रदेश सांसदको समानुपातिक कोटामा रोक्ने प्रयत्न भइरहेको माओवादी केन्द्र बाजुराको उच्च स्रोतले जनाएको छ ।

यदि अहिले पनि बाजुरा जिल्ला बाट पार्टिको प्रतिनिधित्व प्रदेश र संघमा दुबैमा खाली हुनेहो भने जिल्ला स्तरमा नेता तथा कार्यकर्तामा निराशा पैदा भइ माओवादी आन्दोलननै जिल्लामा बचाउन गाह्रो हुने र अहिलेसम्मकै माओवादी अवस्था कमजोर हुने विश्लेषण गरिएको छ।माओवादी केन्द्रले उठाएका नागरिकका दैनिक जनजिबिकाका सवालहरुलाइ सम्बोधन गरि पार्टिलाइ नयाँ गति दिनलाई समेत यसपाली जस्टिनाको प्रदेश सभाको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने देखिन्छ ।अन्यथा संघ र प्रदेश पार्टिले यो बिषयलाइ गम्भीरताका साथ नलिए बाजुरा माओवादी पार्टिनै संकटमा पर्ने निश्चित प्राय छ।

चर्चामा

सम्बन्धित समाचार