बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • खेलकुद
  • फराकिलो जितसँगै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा, रामोसको ह्याट्रिक

फराकिलो जितसँगै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा, रामोसको ह्याट्रिक

  • बुधबार, मंसिर २१, २०७९
फराकिलो जितसँगै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा, रामोसको ह्याट्रिक

गोन्सालो रामोसको ह्याट्रिकमा सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसेइल स्टेडियममा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक पूरा गरे । त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल गरे ।

रामोसले खेलको १७औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।
आजको गोलसँगै पेपे विश्वकप फुटबलको नकआउट चरणमा गोल गर्ने धेरै उमेरका खेलाडी बनेका हुन् । उनले ३९ वर्ष २८३ दिनमा गोल गरे ।

खेलको ५१औं मिनेटमा रामोसले व्यक्तिग दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० गोलको अग्रता दिलाए । खेलको ५५औं मिनेटमा गुरेइरोले गोल गर्दै पोर्चुगलको अग्रता ४–० बनाए । स्वीजरल्यान्डका लागि मानुयल अकाङ्जीले गोल गर्दै टिमलाई ४–१ गोलको अवस्थामा ल्याए ।

खेलको ६७औं मिनेटमा रामोसले ह्याट्रिक पूरा गर्दै टिमलाई ५–१ गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा लाओले गोल गर्दै पोर्चुगललाई ६–१ गोल अन्तरको जित दिलाए । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार