शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • चेतन हत्याप्रकरण : “दाइलाइ घर भित्र लुकेको बेला खोजी खोजी हत्या गर्नु के अपराध गरेको थियो” !

चेतन हत्याप्रकरण : “दाइलाइ घर भित्र लुकेको बेला खोजी खोजी हत्या गर्नु के अपराध गरेको थियो” !

  • आइतवार, मंसिर १८, २०७९
चेतन हत्याप्रकरण : “दाइलाइ घर भित्र लुकेको बेला खोजी खोजी हत्या गर्नु के अपराध गरेको थियो” !

बाजुरा–चेतन अयडीका भाइ मिलन जंग अयडि लेख्छन् त्यो दिन को सत्य तथ्य सम्पुर्ण घटनाक्रम एक छिन सम्झन चाहन्छु !
बिहान दादाले मलाइ ५ बजे उठाउनु भयो । ममिले चिया ल्याउनु भयो चिया खाए अनि दादा अगाडि चुनाव हुने बुद तिर जानुभयो । मलाई मान्छे हरु ल्याएर छिटो आउनु भन्नू भयो । अनि हामी ठिक्क ७ बजे बुद मा पुगे ।
मतदान अलि ढिलो सुरु भयो र हामी ले मत हालेम अनि मतदान हाल्ने क्रम जारी थियो एक्कासि १०ः२० बजे तिर काङ्ग्रेस समर्थकहरु ले धादली गरेर बुद क्याप्चर गर्न खोजे । तर हामीले प्रतिकार गरेम अनि नेपाल प्रहरीले ४ राउन्ड हवाई फाइरिङ ग¥यो । मतदान रोकियो, फेरि आधा घण्टा पछि सबै बुढाबुढी, आमा बुवाहरु लाइन लागेको देखेर ठिकै छ, सबैले मतदान गर्न पाउनुपर्छ भनेर फेरि मतदान सुरु गरम भन्नू भयो ।
अनि एउटा बुथमा दादा एजेन्ट बस्नुभयो र अर्को बुथ मा म लाई एजेन्ट बस्न भन्नू भयो र निरन्तर मतदान सुरु भयो । ४ बजे सम्म फेरि त्यहाँ का काङ्ग्रेसका टाउके हरुलाइ जरो आउन सुरु भयो । ४ बजिसक्यो ७०० पनि मत खसेको छैन अनि सुरु भयो तिनिहरुको कपट !! आफ्ना छोरा हरु जिल्ला भन्दा बाहिर बोर्डिङ वा ठुला ठुला कलेज पढाउने चुनावको बेला भोट हाल्न पनि नबोलाउने । त्यहाँका मास्टरहरु अनि गाउँका सोझा साझा गरिवका छोराहरु लाई रक्सि खुवाएर २÷४ पैसाको लालज देखाएर राज गर्न पल्केका त्यहाँ का सामन्ती टाउके हरु को कपट्को अगाडि हामि निष्ठाको राजनीति गर्नेको के नै लाग्थ्यो ।
फेरि धादली सुरु भयो अनि नेपाल प्रहरी को मोबाइल टोलि भर्खर पुगेको थियो र बुथ पनि दिउसै लथालिङ्ग भैसकेको थियो । त्यो धादली नेपाल प्रहरीको टोलि लाई पनि सहन भएन अनि कन्ट्रोल गर्न खोज्यो र फेरि ४÷५ राउन्ड हवाई फाइरिङ भयो । करिब ४ः४० बजिसकेको थियो फाइरिङ हुने बित्तिकै सबैको भागाभाग भयो । बुथ भित्र दादा , रन्सिङ, म अनि कर्मचारी पुलिस मात्र थिएम ।
उता बाट सन्जिव रक्सी खाएर भुइँमा खुट्टा टेक्न नसक्ने गरि आयो अनि सिधै पुलिस को शरीर मा झुन्डियो र गाली गर्न थाल्यो । तिनीहरु को धकेला धकेल भैरा थियो । अनि दादा लाइ मैले जाम जाम भन्दै थिए एक्कासि गोलि पट्केको आवाज आयो । अनि दादाले मलाई त जा भनेर मलाई धकेल्नु भयो र दादा रन्सिङ अनि अरु म्यादी अरु को को भित्र छिरेर चुक्कुल लगाको मैले पछाडी फर्किदा देखेको थिए । मैले फोन गरे, दादाले आफू सुरक्षित छु मम्मी बुवा अनि हाम्रा मान्छेहरू माथी लिएर जा भन्नुभयो । म सबै हाम्रा मान्छेहरू लाई दादाले भने बमोजिम हाम्रा मान्छेहरू लाई सुरक्षित ठाउमा राख्न लागे ।
करिब २० मिनेट पछि बैनी सुजाता एक्कासि तल बाट हतारहतार आत्तिएर आएर दादा दादा रन्सिङ र निरज अन्कल त्यो चेतन लाई मार मार जिउदो नछाड भनिराख्नु भा थियो भनी । अनि म बुथ मा जान खोजे तर मेरो बुढि बजै र मेरो बैनी ले म लाई बुथ मा जान दिएनन् अनि म दादा लाई फोन धेरै पटक गरे फोन उठेन फोन गर्दै अगाडि हिडिरहेको थिए । बाटोमा चेतन दाइ लाई कुटेर फालेको छ, भन्ने सुनियो । म हतार हतार गए अनि त्यहा म कुदेर जादा तेस्को भाइ आयो भाग भाग भनेर त्यहाँ भएका सबै मान्छे भागे ।
त्यहा दादा को खुट्टा मा ढुङ्गा ले हानेर उठन नसक्ने र मुख मा पुरै चोटै चोट थियो । मैले पिठ्युँ मा बोकेर घर ल्याए अनि गाउँमा कोहि पनि मान्छे आको थिएनन । उतै चुनाव हुने बुथ आशपासमा मै भागाभाग भएको थियो । मेरा ममिबुवा पनि उतै छुट्नु भाको थियो अनि घर मा एउटा अन्कल बुढि हजुर आमा बैनी र अन्टि मात्र हुनुहुन्थ्यो ।
दाइले आफुलाइ कुट्न लगाउने रसिङ र रतन हुन भनेर कुरा गर्न लाग्नु भएको थियो । त्यहि बेला भिम थापा र सुरत थापा आए अनि का छ त्यो चेतन बाहिर फाल भने । पछि मैले तरवार निकाल अन्कल काट्छु यस्लाइ भने अनि त्यस्ले कस्तो कुरा गर्छ इस्टमित्र भनेर भेट्न आको भन्यो । त्यतिकै मा मोहन अयडी आयो र उसलाइ पनि लिएर तिनै जना गए ।
अन्कल ले मलाइ त नदेखिए म कसैलाई भित्र आउन दिन्न त माथील्लो तला मा लुकमात्र गाउँमा कोहि पनि मान्छे आको छैन भन्नू भयो । मैले पनि माने अनि बहिनी ले दादाको कोठामा ताला लगाएर आफू पनि अर्को कोठामा बसिछे । एक्कासि ५÷६ जनाको टोलि हातमा बन्धुक पछाडी खुकुरी सहित पुरै घर को ढोकाहरु हानेर तोडफोड गर्न थाले । घरको माथी रोडमा पुरै महिला सहित १ सय ५० भन्दा माथी मान्छेहरुको हुल कराइरा थिए ।
त्यहाँ भित्र छ्न त्यसको भाइहरु भन्ने आवाज सुनिरा थिए । बाहिर ढोका फुटाउन थाले जस्तो गरेको सुनियो । मैले सहन नसकेर एता उता हेरे बन्चरो पाए तेहि लिएर तल गए अनि ढोका खोले के हो भन भनेर सोधे जवाफ मा तिनिहरुले यहाँ आज लडाइ हुन्छ मान्छे मर्छ भन्ने कुरा गरे । तर आक्रमण गर्न सकेनन पछि दादाले तिनीहरु लाई कन्भेन्स गरे आदि घण्टा जति तिनीहरु त्यतै बसे पछि मलाइ पनि अब केहि हुदैन । एम्बुलेन्सलाइ खोज गरेर दादालाइ अस्पतालमात्र लिनु पर्छ भन्ने थियो ।
फेरि ५ मिनेट पछि त्यहि गुरुप फेरी आएर रतन, पदम, जुद्ध ठुला बुवा अन्कल के के भनेर तिनीहरु ले बाहिर बोलाए । कुरा गर्न भने अनि दादालाई पनि ठुला मान्छेहरु आछ्न भनेर आसपलाय छ अनि कुरा गर्छु भनेर निस्किन खोज्नु भयो । उहाँलाई आफ्नो खुट्टा अगाडि नै खतम भैसकेको छ भन्ने थाह नै भएन त्यतिकै मा खटिया बाट तल निस्कन खोज्दा उहाँ लथराम्म भुइँमा खस्नु भयो । बाहिर बाट तान तेस्का दुइटै भाइ भन्ने आवज आयो र एक्कासि ४०÷५० जनको हुल आयो । दादालाई र मलाई तान्न खोजे मैले दादा लाई तान्न खोजे मेरो टाउको मुख मा मुक्का ले कस्ले कस्ले हानिरा थिए । मेरै आँखा अगाडि घिसारेर लगे मेरो बुढि हजुरआमा र मेरो बहिनीले ढोका बन्द गरेर त्यही कोठाको बाहिर बाट कुन्दी लगाएर मलाइ पनि मार्छ्न भनेर लुकाए । पछि मेरो दादा को जीवन को भिख माग्न मेरो बुढि हजुर आमा मेरो बैनी मेरो आन्टी पछि पछि गए तर उल्टै उहाँहरु लाई समेत पिटेर मेरो दादा लाई घिसारी घिसारी रोड सम्म पुर्याए ।
करिब १ सय ५० मिटर भन्दा माथिको मानिसहरुको हुल ले कसैले ढुङ्गाले त कसैले लाठ्ठिले त कसैले केही हतियार ले दर्दनाक तरिकाले पिटेर मारे । मेरो बैनी रुदै कराउँदै चिच्याउदै थि । पछि मेरो ढोका खोलियो अनि म त्यहाँ पुग्दा छागा बाट खसै झै लाग्यो मेरो दादा को त्यो दृश्य र त्यो दर्दनाक मरण अझै मेरो आँखा मा झलझली आउन्छ । मेरो मुटु छिया छिया हुने गरि पोल्छ !! य नरपिचास हरु हो तिमिहरु को जिन्दगीको काउन डाउन गन्न सुरु गर अब तिमिहरु को जिन्दगीको प्रत्येक पल कसरी बित्ला भन्ने कुराको अनुमान लगाउन सुरु गर । तिमिहरुको जिन्दगीको पतन पछि मात्र मेरो दादा को आत्माले शान्ति पाउने छ !
यो घटना सम्बन्धि केही मानवता भएका काङ्ग्रेस जन मत्र तथा मानवताको भावन अनि सफा मन भएका प्रिय मान्छे हरुको साहानुभुती मेरो जीवन मा सबै भन्दा ठुलो गुन भएको छ । तर केहि मानवता नभएका पार्टी नै सर्वसो ठान्ने गलत लाई गलत सहि लाई सहि छुटाउन नसक्ने केही काला काङ्ग्रेस हरु को हिसाब किताब पनि मैले राम्रै सङ्ग राखेको छु । कसले लास माथी खेल्न खोजे, कसले मर्नु भन्दा अगाडि के स्टाटस हालेर जनता लाई भड्काउन खोजे को को का बाट कैलाशमाण्डौ डाडा पुगेर मार्ने योजना बनाउन लागे सबै कुराको प्रमाण म सङ पुगिसकेको छ । अनि घटना पछि पनि कसले के के गर्न खोजे भन्ने कुरा को पनि राम्रै प्रमाण जुटाएको छु । कसले अपराधी हरु लाई भगाउने भुमिका खेलिरहेका छ्न भन्ने पनि पत्ता लागि सकेको छ ।
कृपया यदि तपाईमा दया माया करुणा, मानवता छ भने अपराधी हरु लाई कानुनको कठघेरामा ल्याउन सहयोग गरिदिनुहोस, तपाई लाई जीवन को ठूलो पुण्य हुने छ ।

चर्चामा

सम्बन्धित समाचार