• होमपेज
  • समाचार
  • बझाङमा करेन्ट लागेको ब्यक्तिलाई अस्पताल लिदैं गर्दा बाटोमा मृत्यु

बझाङमा करेन्ट लागेको ब्यक्तिलाई अस्पताल लिदैं गर्दा बाटोमा मृत्यु

  • शुक्रबार, मंसिर १६, २०७९
बझाङमा करेन्ट लागेको ब्यक्तिलाई अस्पताल लिदैं गर्दा बाटोमा मृत्यु

अर्थ जङ्ग शाही/ बझाङ–बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउमा शुक्रवार दिउंसो करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छबिसपाथिभेरा गाउँपालिका वडा नं १ गिठिपाटा घर भएका ४० बर्षिय शिबहरी गिरी रहेका छन । उनको आज दिउसो सडकमा काम गर्दै गर्दा रूखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट लाग्दा घाइते भएका थिए । घाइते गिरीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार