बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा ३ मा मुचुल्का भन्दा बढी मत हैन्, मुख्य निर्वाचन अधिकृत पौडेल

बुढिगंगा ३ मा मुचुल्का भन्दा बढी मत हैन्, मुख्य निर्वाचन अधिकृत पौडेल

कम्पुटरमा इन्ट्रि गर्दा गल्ति

  • शुक्रबार, मंसिर १६, २०७९
बुढिगंगा ३ मा मुचुल्का भन्दा बढी मत हैन्, मुख्य निर्वाचन अधिकृत पौडेल

बाजुरा–बुढिगंगा नगरपालिका ३ को मतदान केन्द्रमा मुचुल्का भन्दा ९८ मत बढी आएको सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । नेपाली काँग्रेस बाजुराका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा प्रदेश सभा ख का उम्मेदवार लाल बहादुर थापा भएको मतदान केन्द्रमा मुचुल्का भन्दा बढी मत आएको लेखे ।
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बडिमालिका खबर सँग भने मुचुल्का भन्दा बढी ९८ मत नआएको वताएका छन् । मतदान केन्द्र बाट मुचुल्कामा सहि आएको तर मुख्य निर्वाचन अधिकृतको कार्यलयमा कम्पुटरमा इन्ट्रि गर्दा गल्ति भएको पौडेलले वताए । मुचुल्कामा ३ सय ५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्पुटरमा इन्ट्रि गर्दा २ सय ५० भएको वताए । यसमा कम्पुटरमा इन्ट्रि गर्दा गलत भएको वताएका छन् ।
उता हिमाली गाउँपालिका ६ धिममा भने मुचुल्का भन्दा ३० मत बढी आएको अधिकृत पौडेलले वताए । अहिले प्रतिनिधि सभा र प्रदेश सभाको दुबै मतगणना रोकिएको छ । एमालेले धिम मतादान केन्द्रमा बढी मत आएको र काँग्रेसले बुढिगंगा ३ मा बढी मत आएको भन्दै बिरोध जनाएपछि गणना रोकिएको छ । मतगणनाको गर्नका लागि सहमितको प्रयास भइरहेको मुख्य निर्वाच अधिकृतको कार्यलयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार