बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा बिहिबार थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बाजुरा प्रहरीका अनुसार बिहीबार दुइ जनालाइ पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे जनाएकाे छ।
दुइ जनालाइ गत बिहीबार पक्राउ गरेकाे प्रहरीले मगलबार थप दुइ जना र पुन बिहीबार २ जना गरी ६ जना पक्राउ गरी थप अनुसंन्धान कार्य भइ रहेकाे जनाएकाे छ । चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन ।
गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको उपचारकाे क्रममा बयलपाटा अस्पताल लिने क्रममा बाटाेमा मृत्यु भएको थियो।