बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • चेतन हत्याप्रकरण : घाइते श्रीमान बचाउनका लागि मेनकाको हारगुहार कसैले सुनेन

चेतन हत्याप्रकरण : घाइते श्रीमान बचाउनका लागि मेनकाको हारगुहार कसैले सुनेन

  • बिहिबार, मंसिर १५, २०७९
चेतन हत्याप्रकरण : घाइते श्रीमान बचाउनका लागि मेनकाको हारगुहार कसैले सुनेन

टेक बहादुर बुढा/बाजुरा–त्रिवेणी ७ बस्ने मेनका भण्डारी अयडीले श्रीमान घाइते भएको खबर पाउने बित्तिकै बचाउनका लागि हारगुहार गरिन् । तर उनको हारगुहार कसैले सुनेन । मतदान केन्द्र बाट घर फिर्ता हुने क्रममा मंसिर ४ गते बाटोमा ५ बजेतिर काँग्रेस कार्यकर्ताले मेनुकाका श्रीमान चेतन अयडी माथि आक्रमण गरे ।
श्रीमान माथि सांघातिक आक्रमण भएको खबर मेनुकाको कानमा पुग्ने बित्तिकै जिल्ला प्रशासन कार्यलय देखी, नागरिक समाज, पत्रकार, जिल्ला स्थित राजनितिक नेतालाइ हारगुहार गरिन् । तर उनको पिडा कसैले सुनेन । मेनुकाले बाजुराको प्रमुख जिल्ला अधिकारीले चलाउने फोन नम्बरमा ५ बजेर ३२ मिनेटमा फोन हानिन्, तर फोन उठेन् । उनले ५ बजेर ३४, ३९, ५२ मिनेट सम्म लगातार फोन हानिरहिन्, तर फोन प्रजिअको उठेन् ।
मेनुकाले सिडियोलाइ मात्र फोन गरिन्न, जिल्लामा राजनितिक दलका नेता, नागरिक समाज, पत्रकारलाइ घाइते श्रीमानलाइ उद्धारका लागि हारगुहार गरिन् । प्रमुख जिल्ला अधिकारीको फोन नउठेपछि बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खड्का सम्म पुगिन् । खड्का सँगको भेटपछि पनि प्रमुख जिल्ला अधिकारीलाई ६ बजेर ४१ मिनेटमा फोन गरिन्, तर फोन उठेन् ।
त्यो बेला सम्म उता घाइते रहेका श्रीमान चेतन घरमा थिए । उनि यता हारगुहार गरिरहन्,ि उता चेतनलाई घरमै पुगेर फेरि आक्रमण शुरु भयो । चेतन माथि बडिमालिका खबर सँग प्राप्त भएको भिडियोमा ६ बजेर ४५ मिनेट देखी ७ बजेर ५ मिनेट सम्म आक्रमण भएको पाइन्छ । यता मेनुका हारगुहार गरिरहिन्, उता श्रीमान माथि दोस्रो पटक निर्घात कुटपिट भइसकेको थियो ।
दोस्रो पटक कुटपिट पछि पनि मेनकाले प्रमुख जिल्ला अधिकारीलाई ७ बजेर १३ मिनेटमा फोन गरिन्, तर उठेन् । ७ बजेर १६ मिनेटमा प्रमुख जिल्ला अधिकारीलाइ गरेको फोन उठ्यो, त्यो समय २ मिनेट २६ सेकेण्ड कुरा भयो । त्यो बेला सम्म मेनुकालाइ पहिलो पटक मात्र घाइते भएको जानकारी थियो । घरमा फोन नलागेकाले दोस्रो पटक कुटपिट भएको जानकारी थिएन् । फेरि प्रमुख जिल्ला अधिकारीलाइ ७ बजेर २० मिनेटमा मेनुकाले फोन गरिन्, तर उठेन्, पछि ८ बजे ७ मिनेटमा प्रजिले आफै फोन गरेको मेनुकाले बताईन् ।
धेरै हारगुहार गरेपनि श्रीमानको उद्धार नभएपछि मेनुका केही आफन्त लिएर जिल्ला प्रशासन कार्यलय बाजुरामा पुगिन् । त्यो बेला सम्म घर बाट चेतनालाई घरमै दोस्रो पटक कुटपिट गरिसकेको थियो । प्रमुख जिल्ला अधिकारीको टोलिले थप सुरक्षाकर्मी पठाएर उद्धार गर्ने वताए ।
मेनकाको हारगुहार पछि सुरक्षाकर्मीको सहयोगमा पौना ११ बजेपछि चेतनलाई उद्धार गरेर अछामको बयलपाटा अस्पतालमा लगेका थिए । चेतन अस्पतालमा नपुग्दै बाटोमा अस्ताए । मेनकाको हारगुहार फिक्का भयो, उनि भन्छन्, त्यो बेला कसैले सुनेको भए समयमै सुरक्षाकर्मी घरमा पुगेको भए, मेरो श्रीमान बाँच्ने थिए ।
श्रीमान बचाउनका लागि प्रहरी प्रशासन देखी सबैलाई हारगुहार गरे, तर गुहार कसैले सुनेन, आज श्रीमान गुमाउनु परयो । राज्य पनि आफ्नो भएन्, कोही अरु पनि भएन । सबैभन्दा घर सुरक्षा हो, घरमै गएर कुटपिट गरेर मार्नु मेरो श्रीमानको कहाँ सम्मको अपराध हो । युद्धमा पनि नियम हुन्छन्, आत्मासम्परण गरे छोड्छन् । तर मेरा श्रीमानले नमार भनेर हारगुहार गर्दा पनि छोडेन्न । के कुनै पार्टिमा लाग्नु मेरो श्रीमानको कहाँ सम्मकाे अपराध हो, मेनकाले भनिन । श्रीमानको कुटपिट हुदा सम्म पनि प्रहरि प्रशासनको मौनता रहेको मेनकाले भनिन् ।
मेनका श्रीमान चेतन अयडिलाइ घरमा लुकेको अबस्था तानेर कुटपिट बाट हत्या भएको हो । करिब ५ बजे पहिलो पटक कुटपिट बाट घाइते भएका अयडि घरमा लुकेको थिए । काँग्रेस कार्यकर्ताले घर पुरै खानतलासि गरेर खटिया तल लुकेको भेटाएका थिए ।
खटिया तल बाट तानेर अन्दाजी पौनेसात बजे घर बाहिर ल्याएर बिभत्स तरिकाले कुटपिट गरेर हत्या गरेका थिए । बडिमालिका खबरलाइ एक स्रोतले उपलब्ध गराएको भिडियोमा दिउसोको कुटपिट देखी घर भित्र लुकेको, घर बाहिर ल्याएर कुटपिट गरेको भिडियोमा प्रस्ट देखिन्छ । बडिमालिका खबरको स्थलगत रिपोटिङ्गमा एक स्रोतले घर भित्र बाटेर तानेर बाहिर कुटपिट गरेको जनाएको थियो ।
घर भित्र लुकाइराखेको अबस्था पनि चेतनालाइ घर भित्र खोजतलास गरेका थिए । चेतनले हात जोड्दा पनि उनलाइ घिसारेर बाहिर ल्याएर भाटा र ढुगां प्रहार गरेर कुटपिट गरेको भिडियोमा देखिएको छ । चेतनलाइ मराणसम्म अबस्था फालेपछि छोडेर गएका थिए । उनको शास मात्र रहेको थियो, तत्काल उद्धार हुन सकेन धेरैपछि अछामको बयलपाटा अस्पतालमा लग्दा बाटोमै चेतनको मृत्यु भएको आफन्तले वताएका छन् ।
५ बजेतिर काँग्रेस कार्यकर्ताले उनलाइ घर जानेबेला बाटोमा लखेटेर कुट्पिट गरेका थिए । पहिलो कुटपिट पछि उनलाइ घर लगेका थिए । घरमा फेरि आक्रमण गर्न सक्ने भन्दै उनि घरमा लुकेका थिए । फेरि साँझ एक समुह गएर घर भित्र बाट बाहिर ल्याएर कुटपिट गरेका थिए ।
चेतनको हत्यामा संलग्न भन्दै २२ जना बिरुद्ध जिल्ला प्रहरी कार्यलय बाजुरामा किटानी जाहेरी गरेको छ । काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार