• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा मतगणना : सहमतीको प्रयास जारी

बाजुरा मतगणना : सहमतीको प्रयास जारी

  • बिहिबार, मंसिर १५, २०७९
बाजुरा मतगणना : सहमतीको प्रयास जारी

बाजुरा– निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको छ । आयोगको मतगणना निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलिय बैठक बलाएको भए पनि नेकपा एमाले बाजुराले बिमती जनाईरहेको छ ।
नेकपा एमाले सहभागि नभएपछि बिहिवार बिहान ७ बजे बस्ने गरि बैठक बोलाएको भए पनि सहमतीको प्रयास जारी रहेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएको छ ।
नेकपा एमाले बाजुराले भने चेतन अयडिका हत्यारा प्रक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपुण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरुलाइ विना सर्त रिहाइ नहुँदा सम्म बैठकमा सहभागि नहुने एमाले बाजुरा सचिब भरत थापाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार