• होमपेज
  • बाजुरा बिशेष
  • एमाले बाजुराद्धारा बिद्यार्थी नेता अयडीका दोषीलाई कार्बाहीको माग गर्दै रिले अनसन

एमाले बाजुराद्धारा बिद्यार्थी नेता अयडीका दोषीलाई कार्बाहीको माग गर्दै रिले अनसन

  • बुधबार, मंसिर १४, २०७९
एमाले बाजुराद्धारा बिद्यार्थी नेता अयडीका दोषीलाई कार्बाहीको माग गर्दै रिले अनसन

बाजुरा — नेकपा एमाले बाजुराद्धारा बिद्यार्थी नेता अयडीका दोषीलाई कार्बाहीको माग गर्दै रिले अनसन सुरु गरेका छन । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर नेकपा एमाले बाजुराले रिले अनसन सुरु गरेका हो ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेको र दोसीलाई कार्बाहीको माग गर्दै सदरमुकाम मार्तडी स्थित खुला मंचमा रिले अनसन बसेको अनेरास्वयिुका नेता नरेश रोकायाले बताएका छन । अयडी घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइ निर्घात कुटपिट हत्या गरिएको भए पनि दोसीलाई प्रकाउ नगरेको भन्दै रिलेअनसन सूर गरेको नेकपा एमाले बाजुराले जनाएको छ ।

नेपाली काँग्रेसले कब्जा गरेका मतदान केन्द्रकाे पुन मतदान, दाेषीलाइ कार्बाहीकाे मग गर्दै आन्दाेलन गरीएका निर्दाेस युवाहरुलाइृ बिना सर्त रिहाइ गर्नुपर्ने लगायतका माग सहित रिले अनसन सुरु गरेका नेकपा एमाले बाजुराले जनाएकाे छ ।
त्रिबेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ता सञ्जिब अयडिको मृत्यु भएको थियो । सञ्जिब अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट समेत गरेको थिए ।

चर्चामा

सम्बन्धित समाचार