शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यौन स्वास्थ्य
  • यौनाङ्गबाट सेतो पानी बग्नु सामान्य हो ?

यौनाङ्गबाट सेतो पानी बग्नु सामान्य हो ?

  • सोमवार, मंसिर १२, २०७९
यौनाङ्गबाट सेतो पानी बग्नु सामान्य हो ?

महिलाहरू प्रत्येक महिना विभिन्न चक्रबाट गुज्रिन्छन् । महिनावारी चक्र, डिम्ब निष्कासन चक्र, त्यो चक्रको बेला कहिले महिनावारी हुनुभन्दा केही दिनअघि र डिम्ब निष्कासनको बेलामा पनि तीनअघिदेखि सेतो पानी बग्छ भने त्यो सामान्य हो ।

यौन सम्पर्कपछि पनि कहिलेकाहीं सेतो पानी बग्नु सामान्य हो । तर यो अवस्था भन्दा पनि दैनिक सेतो पानी बग्छ भने त्यो असामान्य हो । सेतो पानी दही जस्तो बाक्लो, हरियो कलरको र एकदमै धेरै गन्हाउने आयो भने त्यो पनि असामान्य हो ।

सेतो पानी बग्ने कारण

फंगल, कीटाणुहरूको संक्रमणको कारण यस्तो सेतो पानी बग्ने समस्या हुन्छ । त्यसको साथै यदि श्रीमान् वा श्रीमतीलाई संक्रमण छ भने यौन सम्पर्कको कारण पनि यस्तो समस्या देखा पर्छ ।

पाठेघरको समस्या तथा मूत्रनलीको संक्रमण भएको अवस्थामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । पाठेघर तथा मूत्रनलीमा संक्रमण भयो भने यस्तो समस्या हुन्छ । पाठेघरको मुखको क्यान्सर भएकामा पनि कीटाणुहरूको संक्रमण छिटो हुने र सेतो पानी बग्ने समस्या हुन्छ ।

सेतो पानी बग्दा त्योसँगै तल्लो पेट दुख्ने समस्या पनि महिलामा देखिन्छ । महिलामा ‘मोनोपोज’ महिनावारी सुकेपछि एस्ट्रोजोन भन्ने हर्मोनको कमी हुन्छ जसले हड्डी कमजोर हुने, मुड परिवर्तन हुने, सेतो पानी बग्ने र यौनाङ्ग एकदमै सुख्खा भएर चिलाउने जस्ता समस्या देखिन्छन् ।

सेतो पानी बगिरहने स्थितिमा के गर्ने ?

धेरै सेतो पानी बग्ने मुख्य कारण फंगल र कीटाणुको संक्रमणको कारणले हो । त्यसैले सबैभन्दा पहिले त के कारणले सेतो पानी बगेको त्यो कुरा पत्ता लगाउनुपर्‍यो । कीटाणुको कारणले संक्रमण भएको छ भने एन्टिबायोटिक दिएर यसको उपचार गरिन्छ । फंगलको कारण यस्तो समस्या भएको हो भने चाहिं एन्टिफंगल उपचार गरिन्छ ।

यौनाङ्गको सरसफाइ

दैनिक साबुनपानीले यौनाङ्ग सफा गर्नुहुँदैन । हप्तामा एकपटक साबुनपानीले सफा गर्ने नत्र सफा पानीले मात्र यौनाङ्ग सफा गर्नुपर्छ । यौनाङ्गलाई सकेसम्म सुख्खा र सफा राख्नुपर्छ । ओसिलो बनाएर राख्नु हुँदैन ओसिलो भने फंगल संक्रमण हुने सम्भावना हुन्छ ।

नाइलन र सिल्कको भन्दा पनि सुतीको पेन्टी प्रयोग गनुपर्छ । महिनावारी भएको बेला ४ देखी ६ घण्टामा प्याड परिवर्तन गर्नुपर्छ ।

यौनाङ्गको सरसफाइसँगै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दैनिक ८ ग्लास पानी पिउनुपर्छ । पानीले मूत्रनलीमा संक्रमण हुन दिंदैन र कीटाणुहरूलाई पखाल्छ ।

महिनावारीमा थोरै रगत बग्ने समस्या

केही महिलाको जन्मजात गर्भाशय आकार र मोटाइ अलि कम हुन्छ भने त्यस्ता महिलालाई थोरै रगत बग्ने समस्या हुन्छ । सामान्यतया दुई दिन रगत बगेको छ भने त्यो सामान्य हो । पाठेघरको मुखको क्यान्सर भएमा कसैलाई महिनावारी नै नहुने वा महिनावारी भयो भने पनि एक दिन अलिकति मात्र रगत बग्ने हुन्छ ।

उपचार

दुई दिनभन्दा कम थोरै रगत बग्यो भने अस्पताल गएर भिडियो एक्सरे र पाठेघरको पानीको जाँच गर्नुपर्छ । के कारणले कम रगत बगेको हो भनेर पत्ता लगाएर त्यसै अनुसारको उपचार गरिन्छ ।

धेरै रक्तस्राव हुने समस्या

कसैको जन्मजात नै गर्भाशय अलि ठूलो र मोटो आकारको हुन्छ । त्यस्ता महिलालाई महिनावारीको समयमा अलि बढी पेट दुख्ने र अलि बढी रक्तस्राव हुने हुन्छ । शरीरमा ‘प्लेटलेट्स’ रगत बन्द गर्ने प्लट कम छ भने पनि रगत बगिरहने समस्या हुन्छ । साथै पाठेघरको मुखको क्यान्सर भयो भने पनि महिनावारीमा धेरै रक्तस्राव हुने हुन्छ ।

उपचार के ?

सात दिनसम्म रक्तस्राव हुनु सामान्य हो । सात दिनभन्दा बढी रगत बगिरहन्छ भने यसको पनि कारण पत्ता लगाउनुपर्ने हुन्छ । सबैभन्दा पहिले त आइरनको मात्रा जाँच गर्नुपर्छ । धेरै रगत बग्यो भने एनेमिया हुने सम्भावना हुन्छ । त्यसैले धेरै रगत बग्नुको कारण पत्ता लगाएर त्यही अनुसार उपचार गर्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार