• होमपेज
  • बाजुरा बिशेष
  • बिद्यार्थी नेता अयडीको शबकाे खुलामंचमा श्रद्धान्जली सभा पछि दाहसंस्कारका लागि लगियाे

बिद्यार्थी नेता अयडीको शबकाे खुलामंचमा श्रद्धान्जली सभा पछि दाहसंस्कारका लागि लगियाे

  • सोमवार, मंसिर १२, २०७९
बिद्यार्थी नेता अयडीको शबकाे खुलामंचमा श्रद्धान्जली सभा पछि दाहसंस्कारका लागि लगियाे

बाजुरा — अनेरास्ववियु केन्द्रीय सदस्य चेतनदिप अयडीको शव खुलामंच मार्तडीमा नेकपा एमाले बाजुराद्धारा  श्रदान्जली सभकाे आयाेजना गरिएकाे छ। मसिंर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन पश्चात नेपाली काँग्रेसका कार्यक्रताद्धारा हत्या गरिएका अएडीको ९ दिन पछि दाह सस्संकार गरिने भएकाे छ।
उनको शव  श्रदान्जलीका लागि खुलामंचमा राखेर केही समय पछी शव दाहसस्कारका लागि लगिएकाे नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन । त्यस पश्चात दाहसंस्कार बुढीग‌गा नदिमा गरिने भएकाे छ ।

अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइृ निर्घात कुटपिट गरेको थियो । अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । बयलपाटा अस्पताल बाट पोष्टमार्टम गर्नका लागि चेतनको शव अस्पताल बाजुरामा ल्याइएको थियो ।

त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा त्रिवेणी ७ बस्ने सञ्जिब अयडिको मृत्यु भएको थियो । सञ्जिबको मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो ।सञ्जिब अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर अनेरास्वीयुका केन्द्रिय सदस्य चेतन अयडि लगायत एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो ।

नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाइ प्रक्राउ गरि दोषि माथि कार्यवाहिको माग गर्दै मंसिर ५ गते देखी बाजुरामा आन्दोलन गरिरहेको छ । मंसिर ४ गते त्रिवेणी ७ मा नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई चेतनको घरमा पुगेर साँझ कुट्पिट गरेर हत्या गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार