बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णाली प्रदेशको प्रतिनिधिसभामा नेकपा एमाले ‘नील’ !

कर्णाली प्रदेशको प्रतिनिधिसभामा नेकपा एमाले ‘नील’ !

  • शुक्रबार, मंसिर ९, २०७९
कर्णाली प्रदेशको प्रतिनिधिसभामा नेकपा एमाले ‘नील’ !

प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशका १० वटा जिल्लामा १२ निर्वाचन क्षेत्र छन् । १२ निर्वाचन क्षेत्रमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । हाल मुगु, कालिकोट र हुम्लामा मत गणना जारी छ । जारी मत गणना रहेका स्थानमा पनि एमाले उम्मेदवार पछि छन् । मत गणना जारी रहेका क्षेत्रमा यदि कुनै चमत्कार नभए ति क्षेत्रमा पनि एमालेले हार बेहोर्ने निश्चित छ । यदि त्यसो भए प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिंगो कर्णाली प्रदेशमा एमालेको उपस्थिति नहुने निश्चित छ ।

हालसम्म समाजवादीबाट सल्यानमा प्रकाश ज्वाला, डोल्पाबाट धनबहादुर बुढाले जितेका छन् भने मुगुमा जारी मत गणनामा कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही ठकुरीले अग्रता लिएका छन् ।

त्यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्र बहादुर शाही निर्वाचित भैसकेका छन् भने कालिकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र बहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् । जाजरकोटमा माओवादीकै शक्ति बस्नेत निर्वाचित भएका छन् भने दैलेख १ मा समाजवादीका अम्बरबहादुर थापा तथा २ मा कांग्रेसका दीक्पाल शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । यो क्षेत्रमा दुवैको मतान्तर १५० को मतान्तर रहेपनि एमाले उम्मेदवार पछि छन् । सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसका पुर्णबहादुर खड्का र हृदयराम थानी निर्वाचित भैसकेका छन् ।

त्यस्तै रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा प्रभाकर निर्वाचित भैसकेका छन् । प्रतिनिधि सभाको अलवा प्रदेश तर्फ यो प्रदेशमा एमालेले २ सिट जितेको छ भने २ सिटमा अग्रता लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार