शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा छानविन टोलि गठन

बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा छानविन टोलि गठन

  • बिहिबार, मंसिर ८, २०७९
बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा छानविन टोलि गठन

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ ।
छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र महान्यायाधिकक्ताको कार्यालयका उप न्यायाधिवक्ता रहेका छन् । छानविन समितिलाइ १५ दिन भित्र प्रतिवेदन दिन समेत निर्देशन दिएको छ ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो । ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो ।
४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अयडी छन् । बुढिनन्नदा नगरपालिका ५ मा स्थगित भएको मतदान मंसिर १० गते हुने भएको छ । ४ गते भएको मतदानमा झडप हुदा १८ मत खसेर चुनाव स्थगित गरिएको थियो । बाजुरा अशान्त भएपछि सुरक्षा व्यबस्था निकै कडा पारिएको छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार