बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी : देशलाई गलत बाटोतर्फ लैजान खोजिदैछ

राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी : देशलाई गलत बाटोतर्फ लैजान खोजिदैछ

  • बिहिबार, मंसिर ८, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी : देशलाई गलत बाटोतर्फ लैजान खोजिदैछ

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको निर्वाचन परिणामबारे सोधेको प्रश्नमा ओलीले देशलाई हाहा हुहुतिर लैजान खोजेको आरोप लगाए ।

बिहीबार झापामा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको बताए ।

‘उदय भनेर जे प्रचार, जे प्रोपोगाण्डा गरियो, त्यो वास्तवमा तपाईहरु (सञ्चार माध्यम) को कृपा हो’ उनले भने, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको वौद्धिक जगतले । … के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हाहा हुहुमा देश त चल्दैन ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको बताए । ‘भविष्यलाई जिम्मेवार ढंगले सोच्ने भन्दा हाहा हुहुमा देशलाई लैजान खोज्ने कुरा नेपालको हितमा छैन ।’

चर्चामा

सम्बन्धित समाचार