आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • कञ्चनपुरबाट माओवादीका ‘सरल’ प्रदेश सभामा निर्वाचित

कञ्चनपुरबाट माओवादीका ‘सरल’ प्रदेश सभामा निर्वाचित

  • बुधबार, मंसिर ७, २०७९
कञ्चनपुरबाट माओवादीका ‘सरल’ प्रदेश सभामा निर्वाचित

धनगढीः माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ। कञ्चनपुर निर्वाचन क्षेत्र २ ‘१’ प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका ओमविक्रम भाट ‘सरल’ निर्वाचित भएका हुन्।

सरलले निकटतम प्रतिस्पर्धी एमालेका वचनबहादुर सिंहलाई ४ सय ७४ मतान्तरले पराजित गरे। भाटले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत ल्याएका छन्।

नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ पाएका छन्। यहाँ ५४ हजार ६८८ मध्ये ३३ हजार ९७५ मत खसेको थियो।

चर्चामा

सम्बन्धित समाचार