• होमपेज
  • बाजुरा बिशेष
  • हत्यामा संलग्‍नलाई कारबाही नगरेसम्म निर्वाचनका प्रक्रिया अघि बढ्न नदिने एमाले बाजुरा

हत्यामा संलग्‍नलाई कारबाही नगरेसम्म निर्वाचनका प्रक्रिया अघि बढ्न नदिने एमाले बाजुरा

  • मङ्लबार, मंसिर ६, २०७९
हत्यामा संलग्‍नलाई कारबाही नगरेसम्म निर्वाचनका प्रक्रिया अघि बढ्न नदिने एमाले बाजुरा

बाजुरा — नेकपा एमाले बाजुराले आफ्ना कार्यकर्ता अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने बताएको छ ।

बुुथ कब्जा गरेर फर्जी मत खसालिएका मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुन: मतदान गर्नुपर्ने एमालेको अडान छ । एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १६ वटा मतदान केन्द्रमा पुन: मतदानको माग गरेको हो ।

बाजुराको त्रिवेणी नगपालिका ७ मा मंसिर (४) गते हिजो सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अनेरास्ववीयुका केन्द्रिय कमिटी सचिवालय सदस्य एंव सुदूरपश्चिम विश्व विद्यालयका अध्यक्ष चेतन अयडीको हत्या सत्ता गठबन्धनको आडमा भएको नेकपा एमाले बाजुराले बाजुराले पत्रकार सम्मेलन मार्फत बताएकाे छ ।

नेकपा एमाले बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मलेन गर्दै त्रिवेणी नगरपालिका ७ मा अयडीको हत्या सत्ता गठबन्धनको आडमा सुनियोजित तरिकाले भएको जनाएको छ ।  निर्वाचनकाे समयमा नेपाली जनताको उत्साहजनक सहभागितामा मतदान सम्पन्न भईसकेपछि अयडीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा नेपाली काँग्रेसका गुण्डाहरुले सत्ताको आडमा कुटीकुटी हत्या गरेको नेकपा एमाले बाजुराले जनाएकाे छ ।

अयडीमाथि काँग्रेस कार्यकर्ताहरुले घटना घटाईरहेको बेला नेकपा एमालेले प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत स्थानीय प्रशासन र प्रहरी प्रशासनको गम्भिर लापरवाहीले अयडीको विभत्स हत्या भएको एमाले बाजुराले जनाएको छ ।विद्यार्थी नेता अयडीको विभत्स हत्या गरिएको घटनाले पार्टीलाई स्तव्ध बनेको र उक्त अमानवीय घटनाको घोर भत्सर्ना गर्दछ एमाले बाजुराद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘धाँधली र बुुथ कब्जा भइरहेका मतदान केन्द्रहरुको मतदान प्रकृया स्थागित गर्न हामीले दिउँसै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनिसकेका थियौं । तर वास्ता गरिएन,’ मंगलबार सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा एमालेबाट उम्मेदवार समेत रहेको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने, ‘मतदान स्थगित भएको भए त्रिवेणीका दुुई जना युवाहरुको ज्यान जाने थिएन पत्रकार सम्मेलन मार्फत बताए ।’

कांग्रेसका उम्मेद्धवारले आफु जित्नको लागि दूरुपयोग गरिएका कार्यकर्ता र सरकारी निकायको कारणले यी दुवै युवाले ज्यान गुमाउनु परेको स्पष्ट भइसकेको एमाले बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार