आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • अज्ञात समूहद्वारा लेखराज भट्टको घरमै घुसेर ज्यान मार्ने धम्की

अज्ञात समूहद्वारा लेखराज भट्टको घरमै घुसेर ज्यान मार्ने धम्की

  • मङ्लबार, मंसिर ६, २०७९
अज्ञात समूहद्वारा लेखराज भट्टको घरमै घुसेर ज्यान मार्ने धम्की

धनगढी –  पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ। मंगलबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै घुसेर उक्त समूहले धम्की दिएको हो।

आफू घरमा नरहेको अवस्थााम अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको उनले बताए। भट्टकाअनुसार अज्ञात समूहका आधा दर्जन बढी युवाहरु घरमा पसेका थिए। उनीहरुले घरभित्र पसेर आएर कहाँ छ ? मन्त्री भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यहरुलाई दुव्र्यवहार गरिएको जनाए।

उनले दिनेशखबरसँग भने, ‘बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर कहाँ छ ? मन्त्री त्यसलाई ठिक पार्छौ भन्दै धम्की दिएछन्। म धनगढी रहेको अवस्थामा यस्तो घटना भएछ। मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु।’

लेखराज कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत छन्।

चर्चामा

सम्बन्धित समाचार