आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • कैलाली–३ मा नागरिक उनमुक्तिको १६६९३ मत, माओवादीको कति ?

कैलाली–३ मा नागरिक उनमुक्तिको १६६९३ मत, माओवादीको कति ?

  • मङ्लबार, मंसिर ६, २०७९
कैलाली–३ मा नागरिक उनमुक्तिको १६६९३ मत, माओवादीको कति ?

धनगढी – कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ४४८३४ मत गणना भएको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीको १६६९३ मत छ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १२६९८, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ७४७४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ६३४२ मत छ। ३२१२ मत बदर भएका छन्।
उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नेकपा एमालेका परेकबहादुर रावल, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्य चुनावी मैदानमा छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार छन्।

चर्चामा

सम्बन्धित समाचार