शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ६
  • सुर्खेतको सिम्तामा आज पुनः मतदान

सुर्खेतको सिम्तामा आज पुनः मतदान

  • मङ्लबार, मंसिर ६, २०७९
सुर्खेतको सिम्तामा आज पुनः मतदान

सिम्ता गाउँपालिकामा आइतबार स्थगित मतदान पुनः मंगलबार हुँदैछ । गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पस मतदान स्थलको ‘क’, ‘ख’, ‘ग’ मतदान केन्द्रको आइतबार मतदान स्थगित भएको थियो।

आइतबार सो मतदान केन्द्रमा प्रतिनिधि सभातर्फको मतपत्र प्रदेश सभाको मतपेटिका खसेपछि स्थानीय राजनीतिक दलबीच विवाद भएको थियो । सो विवाद सुल्झन नसक्दा मतदान स्थगित भएको थियो ।

सोमबार सर्वपक्षीय बैठकपछि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले सोमबार एक सूचना जारी गरी आइतबार स्थगित भएको निर्वाचन मङ्गलबार हुने जनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार