बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बैतडीमा प्रहरी सवार जीप दुर्घटना, मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडीमा प्रहरी सवार जीप दुर्घटना, मृत्यु हुनेको संख्या ६ पुग्यो

  • सोमवार, मंसिर ५, २०७९
बैतडीमा प्रहरी सवार जीप दुर्घटना, मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी  – बैतडीमा प्रहरी बोकेको जीप सोमबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार दुर्घटनामा परेर जीपमा सवार रहेका ६ जना प्रहरीको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुको भने पहिचान भएको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जीप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार