बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा प्रहरीको राइफल खोसेर फरार छन् स्थानीय

बाजुरामा प्रहरीको राइफल खोसेर फरार छन् स्थानीय

  • सोमवार, मंसिर ५, २०७९
बाजुरामा प्रहरीको राइफल खोसेर फरार छन् स्थानीय

बाजुरा– त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा भएको झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन्। इन्सास राइफल अझै फेला नपरेको प्रहरीले बताएको छ।

आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको हो। प्रहरीले बल प्रयोग गर्दा सुरेन्द्र अएडी (संजिव) को मृत्यु भएको प्रहरीको भनाई छ।  झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन्। झडपमा परी त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ मा प्रहरीको गोली लागेर २६ वर्षीय सुरेन्द्र अएडी (संजिव) को ज्यान गएको छ ।

राति काँग्रेस त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ । निर्घात कुटपिट भएका अयडिको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डा. मन्दिप पाठकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार