बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश २
  • कञ्चनपुरमा बाख्रा चराउन गएकी महिलामाथि बाघको आक्रमण

कञ्चनपुरमा बाख्रा चराउन गएकी महिलामाथि बाघको आक्रमण

  • आइतवार, मंसिर ४, २०७९
कञ्चनपुरमा बाख्रा चराउन गएकी महिलामाथि बाघको आक्रमण

धनगढी – कञ्चनपुरमा एक महिलामाथि बाघले आक्रमण गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित एक सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलामाथि बाघले आक्रमण गरेको हो।

आइतबार दिउँसो बाख्रा चराउन भूमिराज मन्दिर पछाडिको श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनीसँगै रहेका अन्य महिलाहरुले होहल्ला गरेपछि बाघ भागेको स्थानीयले बताए।

बाघको आक्रमणले उनको नाक र निधारमा चोटपटक लागेको छ। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त छ।

चर्चामा

सम्बन्धित समाचार