• होमपेज
  • राजनीति
  • मतदानपछि ओलीले भने–मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छ

मतदानपछि ओलीले भने–मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छ

  • आइतवार, मंसिर ४, २०७९
मतदानपछि ओलीले भने–मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् । आइतबार अपरान्ह बालकोटमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘चुनावले राम्रो नतिजा आउने अपेक्षा गरेको छु । तरपनि युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयास भएका छन् । तर सचेत नेपाली जनताले परास्त गरेको देख्छु’, ओलीले मतदान गर्न बाँकी रहेका मतदाताहरूलाई पनि आग्रह गरेका छन् । उनले आजको दिन देशकै लागि महत्वपूर्ण रहेको पनि बताए ।

उनले रौतहट, रोल्पा, चितवन लगायतका स्थानमा केही घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको आफूले पाएको बताए । ‘चितवनको घटनामा विप्लवको पार्टीका कुराहरु आएका छन् । यस्ता केही अप्रिय कुराहरु आए पनि आम रुपमा राम्रै भएको छ । अप्रिय भएका ठाउँमा दोहोर्याएर गर्नुपर्ने हुन्छ’, ओलीको भनाइ छ

चर्चामा

सम्बन्धित समाचार