• होमपेज
  • राजनीति
  • चुनावबाट एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन्छ : शंकर पोखरेल

चुनावबाट एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन्छ : शंकर पोखरेल

  • आइतवार, मंसिर ४, २०७९
चुनावबाट एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन्छ : शंकर पोखरेल

काठमाडौं  – नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने बताएका छन् ।

आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेपछि उनले बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको बताए ।

‘हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ । मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक छ । यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डोर्‍याउनेछ’ उनले भने ।

मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्ने पनि महासचिव पोखरेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार