शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • निर्वाचनका लागी गाउँ फर्किेनेहरु बढेसँगै मार्तडी बजार सुनसान

निर्वाचनका लागी गाउँ फर्किेनेहरु बढेसँगै मार्तडी बजार सुनसान

  • शनिबार, मंसिर ३, २०७९
निर्वाचनका लागी गाउँ फर्किेनेहरु बढेसँगै मार्तडी बजार  सुनसान

टेक बहादुर बुढा,बाजुरा – मंसिर ४(भोलि) हुन गहिरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागी सदरमुकाम मार्तडीबाट गाउँ फर्कनेहरु बढेसँगै मार्तडी बजार सुनसान बनेको छ ।

विभिन्न पेसा व्यवसाय तथा अध्ययन गर्न सदरमुकाम बस्दै आएका नागरिकहरु चुनावमा मतदान गर्न आ -आफ्नो गाउँघर र्फिेकन लागेका हुन । जिल्लाका नौ वटै पालिका लगायत अन्य जिल्लाका नागरिकहरु पनि मार्तडीमा बस्दै आएका थिए । नागरिकहरु गाउँ तिर फेिकदा मार्तडी बजार सुनसान बनेको छ ।

यति बेला मार्तडीमा सडकहरु खाली देखिन थालेका छन भने अधिकांश पसल तथा कार्यालयहरु पनि बन्द देखिन्छन । केहि दिन अगाडि नागरिकहरुको घुईचो देखिएको मार्तडी बजार चुनाव नजिकिएकाले सुनसान भएको स्थानिय व्यावसायीहरुले बताएका छन । मार्तडी बजारमा अहिले दिनमा खाजा खाने पसल समेत भेटाउन मुस्किल रहेको स्थानिय बिनोद थापाले बताए ।

अहिले सदरमुकाम मार्तडीबाट र देशका विभिन्न सहर बजार बाट गाउँ फेिकनेहरुको चाप बढेको यातायात व्यवसायीहरुले बताएका छन । चुनाव नजिकिएकाले सहर बजार सुनसान भएको र गाउँतिर चहल पहल बढेको स्थानियहरुले बताएका छन ।

यतबिेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरू धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ ।निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकसिकेको जनाएको छ । निर्वाचन भाेलि बिहान ७ बजेबाट साझा ५ बजेसम्म हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार