• होमपेज
  • राजनीति
  • काँग्रेसलाइ भोट हाल्दैनौ :- बाजुरा माओबादी केन्द्र

काँग्रेसलाइ भोट हाल्दैनौ :- बाजुरा माओबादी केन्द्र

  • बिहिबार, मंसिर १, २०७९
काँग्रेसलाइ भोट हाल्दैनौ :- बाजुरा माओबादी केन्द्र

बाजुरा — नेकपा माओबादी केन्द्रले प्रतिनिधी सभामा नेपाली काँग्रेसलाई भोट नहाल्ने जनाएको छ । सत्तारुढ बाम लोकतान्त्रीक गठबन्धनमा रहेर नेपाली काँग्रेसले धोका दिए पछि हामी पनि काँग्रेससंग सहकार्य नगर्ने निर्णयको अन्तीम बिन्दुमा पुगेको नेकपा माओबादी केन्द्र समन्वय समिति बाजुराका सचिव रमेश विकले बताए ।
नेपाली काँग्रेस बाजुराले प्रदेश क मा समाजवादीका उम्मेदवारलाइ बोकेर हिडे पछी हामी कुनै गठबन्धनमा नरहेको विकले बडिमालिका खबर सँग बताएका छन । प्रतिनिधी सभामा हाम्रो कुनै उम्मेदवार नभएकोले नो भोट हुने अथवा आफ्नो तरिकाले मतदान गर्ने बिकले वताए । प्रदेश निर्वाचन क्षेत्र क मा हाम्रै उम्मेदवार रहेका र प्रदेश निर्वाचन क्षेत्र ख मा साथीहरुलाई आफ्नै विबेक प्रयोग गर्न भनिएको उनले बताए । “हामी एक्लै चुनावमा छौ हाम्रो उम्मेदवार भन्दा अरु कसैलाई मत माग्दैनौ उनले भने  । नेकपा माओबादी केन्द्रको ६ हजार भन्दा बढि मत हुदाँ काँग्रेसले नेकपा माओबादी केन्द्रलाई नबोकेर एक हजार मत भएको समाजबादीलाई बोकेर जान्छ भने हामीले किन सहयोग गर्ने नेकपा माओबादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटि सदस्य तथा जिल्ला सह ईन्चार्ज महेश शाहीले बडिमालिका खवरलाई बताएका छन ।
नेपाली काँगेसले एकिकृत समाजबादीलाई बोकेर हिडेका कारण नेकपा माओबादीले बाम लोकतान्त्रीक गठबन्धनबाट बाहिरीनु परेको शाहीले बताए । नेपालि काँग्रेस बाजुराले उम्मेदवारी दर्ताको दिन बाजुरा प्रदेश क मा गठबन्धन बाट माओवादी केन्द्रका कर्ण बहादुर बिक उम्मेदवार रहेको भन्दै सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरे, कर्ण बहादुर बिकको उम्मेदवारी दर्तामा काँग्रेसले साथ दिए, सार्वजनिक रुपमा भने हाम्रो गठबन्धनको उम्मेदवार प्रदेश क मा कर्ण बिक रहेको वताए ।
उम्मेदवारी दर्ताको अन्तिम समयमा प्रदेश क मा नेकपा एकिकृत समाजवादीका नरेश शाहीले समाजवादी पार्टि बाट उम्मेदवारी दर्ता गराए । शाहीको उम्मेदवारी दर्ता भएको केही दिन सम्म गठबन्धनको उम्मेदवार विक काँग्रेसले भनिरहँदा त्यो धेरै समय टिकेन् ।
उम्मेदवारी दर्तामा कर्ण बिकलाई साथ दिएको काँग्रेस अहिले चुनावी प्रचारप्रसारमा नरेश बहादुर शाहीलाइ सहयोग गरेको छ । शाहीको चुनावी सभामा बाजुरा काँग्रेस सघाइरहेको छ । काँग्रेस बाजुराका सचिब भरत बहादुर रोकायाले बाजुरा काँग्रेसले नरेश शाहीलाई समर्थन गरिसकेको वताएका छन । काँग्रेस बाजुराले नरेश बहादुर शाहीलाइ समर्थन गरेको सचिब रोकायाले भनिसकेका छन ।
केन्द्र बाट भने बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा कुनै निर्णय आउन सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार