• होमपेज
  • अन्तर्राष्ट्रिय
  • जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

  • बुधबार, कार्तिक ३०, २०७९
सेयर गर्नुहोस् :
जापानमा शक्तिशाली भूकम्प

टोकियो – जापानमा शक्तिशाली भूकम्प गएको छ। जापानमा ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन्।

भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ। सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ म्याग्निच्यूडको भूकम्प मापन गरेको छ।

भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार