सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको गुुम्बागाउँ मतदान केन्द्रमा ५५ जना मतदाता, स्थानिय चुनाव भन्दा ६ मतदाता घटे

बाजुराको गुुम्बागाउँ मतदान केन्द्रमा ५५ जना मतदाता, स्थानिय चुनाव भन्दा ६ मतदाता घटे

  • शुक्रबार, कार्तिक २५, २०७९
बाजुराको गुुम्बागाउँ मतदान केन्द्रमा ५५ जना मतदाता, स्थानिय चुनाव भन्दा ६ मतदाता घटे

बाजुरा–बाजुराको हिमाली गाँउपालिका ३ गुम्वामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता रहेका छन् । भर्खर सम्पन्न भएको स्थानिय चुनावमा ६० जना मतदाता रहेका थिए । मृत्यु भएकालाइ हटाउदा ५ जना घटेको जिल्ला निर्वाचन कार्यलय बाजुराका प्रमुख नबराज भण्डारीले वताएका छन् ।
जिल्लाका ७० ओटा मतदान केन्द्रका र १ सय १२ ओटा मतदान स्थलहरु रहेका छन् । बाजुरामा सबैभन्दा कम मतदाता ५५ जना गुम्बा गाउँको मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
बाजुराको सर्वाधिक बिकटमा रहेको यो गाउँमा २०७४ सालको स्थानिय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो । गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभुक्त बिद्यालयमा मतदान केन्द्र रहेको छ । २०७४ सालको पहिलो चरणको स्थानिय चुनाव अगाबै बिभिन्न सञ्चारमाध्यममा गुम्वागाउँ बासिले मतदान गर्न बास बस्नु पर्ने समचार प्रकाशित पछि निर्वाचन आयोगको ध्यान गएको थियो । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यलय बाजुरालाई तत्काल मतदान केन्द्र स्थापना गर्न निर्देशन पछि मतदान केन्द्र स्थापना भएको हो ।
२०७४ सालको स्थानिय चुनाव अगाबै वडा नम्बर ३ बौडिमा भोट हाल्न जानुपर्ने बाध्यता रहेको थियो । मतदान गर्ने आवतजावत गरेर तिन दिन खर्च गर्नुपर्ने बाध्यता रहेको थियो । गुम्बा गाउँका बासिन्दाले गाउँमै मतदान केन्द्र स्थापना भएपछि तेस्रो पटक मतदान गर्ने भएका छन् । गुम्बा गाउँका ८५ बर्षिय छिरिङ्ग धोर्चे लामा गाउँमै मतदान केन्द्र स्थापना पछि तेस्रो पटक मतदानमा सहभागि हुने भएका छन् । गाउँमा मतदान केन्द्र नहुदा उनि २०७४ सालको स्थानिय चुनाव पहिला मतदान बाट बञ्चित हुदै आएका थिए ।
निर्वाचन आयोग काठमाडौले २०७४ जेठ २५ गते मतदान केन्द्र स्थापनको लागि जिल्ला निर्वाचन कार्यलयलाई अनुमति दिएको थियो । मतदान गर्न बाट बञ्चित हुदै आएका गुुम्बाबासि चौथो पटक मतदानमा सहभागि हुने भएका स्थानिय सदस्य जगत बहादुर लामाले वताए ।
जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति समवेदनशील मतदान स्थल मानिएको छ । यस्तै २३ समवेदनशील मतदान स्थल रहेका बिष्टले वताए । उनका अनुसार ७० मध्ये चार मतदान स्थल मात्रै सामान्य अवस्थाका छन् । सहायक प्रमुख जिल्लबा अधिकारी बिष्टका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि करीव दुई हजार सुरक्षाकर्मी चुनावका लागि खटिने छन् । बाजुरामा ८३ हजार ५ सय ६७ मतदाता रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार