• होमपेज
  • राजनीति
  • नेकपा एमाले हिमाली गाउँपालिकाको अगुवा कार्यक्रता भेला सम्पन्न

नेकपा एमाले हिमाली गाउँपालिकाको अगुवा कार्यक्रता भेला सम्पन्न

  • बुधबार, कार्तिक २३, २०७९
नेकपा एमाले हिमाली गाउँपालिकाको अगुवा कार्यक्रता भेला सम्पन्न

बाजुरा — नेकपा एमाले हिमाली गाउँ कमिटीको अगुवा कार्यक्रता भेला सम्पन्न भएको छ । आसन्न मसिंर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचनलाई केन्द्रीत बनाएर अगुवा कार्यक्रता भेलाको आयोजना गरीएको हो ।

नेकपा एमाले हिमाली गाउँ कमिटिका अध्यक्ष जनक रोकायाको अध्यक्षतामा सो भेलाको आयोजना गरिएको नेकपा एमाले हिमाली गाउँ कमिटिले जनाएको छ । अगुवा कार्यक्रता भेलाको प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव बोगटी रहेको एमालेले जनाएको छ ।

त्यसै गरी कार्यक्रममा नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य अज बहादुर मल्ल,  नेकपा एमालेका तफबाट प्रदेश क का उम्मेदवार बल्देव रेग्मी नेकपा एमाले बाजुरा उप सचिव जनक कुमार बोहरा, जिल्ला कमिटि सदस्य अर्जुन बुढथापा, राजन रोकाया लगायतका नेताहरु अतिथि रहेका थिए ।

नेकपा एमाले हिमाली गाउँ कमिटिले अवको केही दिन गाउँमा निर्वाचन केन्द्री हुने निर्देशन सहित भेलाको समापन भएको जनाएको छ । कार्यक्रम हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा आयोजना गरिएको नेकपा एमाले हिमाली गाउँ कमिटिका अध्यक्ष जनक रोकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार